Siraha Times
ताजा समाचार

सिरहामा विकासप्रेमी युवा नेता प्रदिप दहालको सक्रियता: धनगढीमाईमा विद्युतीकरण तीव्र, प्रहरी भवन निर्माणका लागि पनि पहल

  • जेठ २३, २०८३
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,जेठ २३ । राष्ट्रिय राजनीतिमा राम्रो पकड भएका र छोटो समयमै नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय समिति सदस्य बन्न सफल चर्चित युवा नेता तथा समाजसेवी प्रदिप दहालको पहलमा सिरहाको धनगढीमाई नगरपालिकामा विद्युतीकरणको कार्य तीव्र गतिमा अघि बढेको छ । समाजको चौतर्फी विकास र जनसरोकारका मुद्दामा निरन्तर क्रियाशील दहालको दूरगामी योजना र सक्रियताका कारण स्थानीयस्तरमा विकासले गति लिन थालेको हो ।

​हाल दहालको विशेष पहलमा धनगढीमाई नगरपालिकामा दुई वटा महत्वपूर्ण विद्युतीकरण योजनाहरू स्वीकृत भई कार्यान्वयनको चरणमा रहेका छन्: ​ धनगढीमाई नगरपालिका वडा नं. १२ को ठटिया टोलदेखि मगरटोल हुँदै गुरिटोलसम्म ११ KVA विद्युत लाइन प्रसारणका साथै ट्रान्सफर्मर राख्ने पोस्ट निर्माणसहितको योजना स्वीकृत भई हाल फिल्डमा धमाधम काम भइरहेको छ ।

सोही वडाको आहाले डाँडादेखि भालु डाँडासम्म विद्युतको पोल तथा तारसहितको विद्युत प्रसारण योजना स्वीकृत भई काम अगाडि बढेको छ । यी योजनाहरू सम्पन्न भएसँगै यस क्षेत्रका सयौँ घरधुरी अँध्यारोबाट मुक्त हुनेछन् । ​सामाजिक र भौतिक पूर्वाधार विकासमा पनि उत्तिकै सक्रिय ​समाजसेवी दहाल केवल विद्युतीकरणमा मात्र नभई शान्ति सुरक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा पनि उत्तिकै प्रतिबद्ध देखिन्छन् । विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टिको भवन निर्माणका लागि उनले यसअघि नै जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर आवश्यक निवेदन दर्ता गराई पहलकदमी सुरु गरिसकेका छन् ।

​"अस्पतालको सेवा सुधारदेखि समाजका हरेक वर्गका समस्यालाई आफ्नै समस्या ठानेर समाधानमा खटिने दहालको उदारवादी चिन्तन र जनमुखी कार्यशैलीका कारण यतिबेला सिरहाका आम युवाहरू उनीप्रति निकै आकर्षित र मोहित भएका छन् ।" ​विगतदेखि नै समाजका विविध पक्षमा दूरगामी विचार राख्दै आएका युवा नेता प्रदिप दहालको यो निरन्तरको दौडधुप र विकासप्रतिको निष्ठाले आगामी दिनमा धनगढीमाई नगरपालिकासहित समग्र सिरहा जिल्लाकै मुहार फेरिने विश्वास स्थानीयबासीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस

जिल्ला टेन्ट साउण्ड ...

रहमुल, लहान, ९ साउन । जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा जिल्ला ...

“घर–घरको शान, स्वच्छ ...

लहान । लहान नगरपालिका–६ का टोल–बस्तीमा शनिबार बिहान सरसफाइ अभियानसँगै घरदैलो जनचेतना कार ...

सिरहाको परिहारपुरमा ...

रहमुल, लहान ८ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुर चोकमा दूध उत्पादनको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१