Siraha Times
ताजा समाचार

विश्व वातावरण दिवस–२०२६ : राजदेवी मन्दिर परिसरमा वृक्षारोपण तथा वातावरण संरक्षणबारे अन्तरक्रिया सम्पन्न

  • जेठ २२, २०८३
  • ५०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा वातावरण संरक्षण, वन व्यवस्थापन तथा हरियाली प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा वृक्षारोपण अभियान सम्पन्न भएको छ।

जिल्ला वन कार्यालय सिरहाको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम जिल्ला वन कार्यालय, लहानका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राजदेवी वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा वातावरण संरक्षण, वन क्षेत्रको दिगो व्यवस्थापन, जलवायु परिवर्तनका असर तथा सामुदायिक वनको भूमिकाबारे छलफल गरिएको थियो। वक्ताहरूले बढ्दो वातावरणीय चुनौतीको सामना गर्न वन संरक्षण, वृक्षारोपण तथा प्राकृतिक स्रोतको दिगो उपयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश महतोले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले वन तथा वातावरण जोगाउन स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै हरित वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष अन्तर्गत राजदेवी वन उपभोक्ता समितिको आयोजनामा राजदेवी मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। वृक्षारोपण अभियानले धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रलाई थप हरियाली र वातावरणमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।

सहभागीहरूले वातावरणीय सन्तुलन कायम राख्न प्रत्येक वर्ष मात्र नभई नियमित रूपमा वृक्षारोपण तथा वन संरक्षणका गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा हरित अभियानलाई थप प्रभावकारी बनाउन सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१