Siraha Times
ताजा समाचार

बालबालिकाको सहभागिता सुदृढ गर्न सिरहामा जिल्ला स्तरीय बाल सञ्जाल गठन

  • जेठ २२, २०८३
  • ३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २२ जेठ । सिरहामा बाल अधिकार, बाल संरक्षण तथा स्थानीय शासनमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले जिल्ला स्तरीय बालभेला कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सिरहाको आयोजनामा तथा मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, इन्सेक, सवल नेपाल लगायत विभिन्न संघ–संस्थाहरूको समन्वयमा मिति २०८३ जेठ २० गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

मुक्ति नेपालका अनुसार कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका बालबालिका, सरोकारवाला निकायका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बाल अधिकारको सुनिश्चितता, बाल संरक्षणका चुनौती, बालमैत्री वातावरण निर्माण तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा सहभागी बालबालिकाहरूले स्थानीय सरकारद्वारा निर्माण गरिने योजना, नीति तथा कार्यक्रमहरूमा बालबालिकाको आवाज र आवश्यकतालाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बालमैत्री नीति निर्माण, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा अवसरको पहुँच सुनिश्चित गर्न स्थानीय तहलाई थप जिम्मेवार बन्न आग्रह समेत गरेका थिए।

कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा समावेशिताको आधारमा १७ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ। नवगठित सञ्जालको अध्यक्षमा अमित सदा चयन भएका छन्। सञ्जालमा विभिन्न समुदाय, वर्ग तथा क्षेत्रका बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गरिएको आयोजकले जनाएको छ।

नवगठित बाल सञ्जालले आगामी दिनमा जिल्लाभरका बालबालिकाका समस्या, आवश्यकता र सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, बाल अधिकारका सवालमा पैरवी गर्ने तथा बाल सहभागितालाई संस्थागत गर्न सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

आयोजक संस्थाहरूले बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अधिकार सुनिश्चितताका लागि यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले बालबालिकालाई आफ्ना विचार खुला रूपमा राख्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा बालमैत्री शासन प्रणाली निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

कोल्हवीमा निःशुल्क स ...

रंजित चौरसिया,कलैया २२ जेठ। कोल्हवी नगरपालिकाको आयोजना तथा नेशनल मेडिकल कलेज वीरगञ्जको प्राविधिक सहय ...

जातीय विभेद अन्त्यका ...

रहमुल, लहान २२ जेठ । नेपालको संविधानले समानता, सामाजिक न्याय तथा विभेदरहित समाज निर्माणको प्रत्याभूत ...

हिंसापीडितको सेवामा ...

रहमुल, लहान, २२ जेठ । रा.उ. प्रादेशिक अस्पताल लहानमा सञ्चालित वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर ( ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१