Siraha Times
ताजा समाचार

भगवानपुरमा ३० महिलालाई मुढा बनाउने सीप, रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा गाउँपालिकाको जोड

  • जेठ २१, २०८३
  • १४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २१ जेठ । सिरहाको भगवानपुर गाउँपालिका ले महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकता दिँदै सञ्चालन गरेको १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। गाउँपालिकाको सहयोग तथा सामुदायिक महिला विकास केन्द्र, सिरहा–२ को आयोजनामा सञ्चालित तालिम बुधबार एक समारोहबीच समापन गरिएको हो।

वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म भगवानपुर गाउँपालिका–१ मा सञ्चालन भएको तालिममा समावेशीकरणको आधारमा छनोट गरिएका ३० जना महिलाको सहभागिता रहेको थियो। तालिममार्फत महिलाहरूलाई मुढा निर्माण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष उग्र नारायण यादव को अध्यक्षता तथा मनोज बनैता यादव को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रेस मञ्च सिरहाका जिल्ला अध्यक्ष महेश सिंह, जिल्ला सचिव मो. रहमुल मियाँ, सूचना शाखा प्रमुख संजय साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद यादवलगायत गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनैताले ३० जना महिलाले सीप हासिल गरी उद्यमशीलताको यात्रामा अघि बढ्नु अत्यन्त सकारात्मक र प्रशंसनीय कदम भएको बताए। उनले यस्ता सीपमूलक तालिमले स्थानीयस्तरमै रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। स्थानीय सरकारले लक्षित वर्गलाई केन्द्रमा राखेर सञ्चालन गरिरहेका कार्यक्रमहरू अनुकरणीय रहेको उनको भनाइ थियो।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगत चार वर्षदेखि गाउँपालिकाले पाँचवटै वडाका लक्षित वर्गलाई समेटेर विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए। उनले डल बनाउने, मुढा बनाउने, ब्युटी पार्लर, सिलाइ–कटाइलगायतका तालिमबाट धेरै नागरिकले रोजगारी तथा स्वरोजगार प्राप्त गरिसकेको जानकारी दिए।

“सीप सिकेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ। सिकेका ज्ञान र सीपलाई उत्पादन र उद्यममा रूपान्तरण गरेर गाउँपालिकाको आर्थिक समृद्धिमा योगदान दिन सबैले भूमिका खेल्नुपर्छ,” अध्यक्ष यादवले भने।

उनले गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आयोजक संस्थाका प्रतिनिधि रामेन्द्र यादवको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको सफल सञ्चालन र व्यवस्थापनमा रामेन्द्र यादवको सहजीकरण प्रभावकारी रहेको सहभागीहरूले बताएका थिए। स्थानीय तहको पहलमा सञ्चालन भएका यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, उद्यमशीलता विकास गर्ने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुवाछुत मुक्त घोषणाक ...

नेपालमा जातिय छुवाछुत मुक्त घोषण भएको २१ औ वर्ष भइसको छ । नेपालमा राजतन्त्र समाप्ती पश्चात संघिय लोक ...

प्रलोभनको जालमा गाउँ ...

रहमुल लहान, २१ जेठ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका अन्तर्गत विष्णुपुरकट्टी गाउँमा एक महिलाले स्थ ...

लक्ष्मीपुर पतारीमा न ...

लहान , जेठ २० । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१