Siraha Times
ताजा समाचार

भारततर्फ तस्करी गर्न लागिएको रु १९ लाख ६० हजार बराबरको फर्सीको बिउ बरामद

  • जेठ १९, २०८३
  • ६७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिति २०८३ जेठ १८ गते साँझ करिब ५ बजे नेपालबाट भारततर्फ अवैध रूपमा फर्सीको बिउ निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–२ निवासी हरिदेव दासको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा घरको प्यासेजमा लुकाइछिपाइ राखिएको अवस्थामा फर्सीको बिउ ७० बोरा फेला पारी बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको फर्सीको बिउको मूल्य प्रतिवोरा रु २८ हजारका दरले कुल रु १९ लाख ६० हजार बराबर रहेको अनुमान गरिएको छ। उक्त बिउ भारततर्फ अवैध रूपमा निकासी गर्ने उद्देश्यले भण्डारण गरेर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि मिति २०८३ जेठ १९ गते भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। सीमावर्ती क्षेत्रमा अवैध निकासी तथा तस्करी नियन्त्रणका लागि प्रहरीद्वारा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१