Siraha Times
ताजा समाचार

कलिलो उमेरमै सरकारी सेवामा ह्याट्रिक: सिराहाका नेत्र कुशवाहा युवाहरूका लागि प्रेरणाको स्रोत

  • जेठ १९, २०८३
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​जेठ १९, सिराहा । इच्छाशक्ति, निरन्तरको लगाव र मेहनत हुने हो भने सफलता प्राप्त गर्न उमेरले छेक्दैन भन्ने कुरा सिराहाका एक थान युवाले प्रमाणित गरेर देखाएका छन् । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ (साविक विष्णुपुरकट्टी–६) का रैथाने बासिन्दा नेत्र कुशवाहाले कलिलो उमेरमै नेपाल सरकारका विभिन्न प्रतिस्पर्धी परीक्षाहरूमा लगातार खुल्ला तर्फबाट नाम निकाल्दै सफलताको नयाँ रेकर्ड कायम गरेका छन् ।

​यसअघि निजामती अस्पताल (सिभिल हस्पिटल) बानेश्वरमा आफ्नो उत्कृष्ट सरकारी सेवा प्रदान गरिसकेका कुशवाहा हालै मात्र नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ढल्केवर ग्रीड शाखामा नियुक्त भएका थिए । त्यहाँ नियुक्ति पाएको हप्ता दिन पनि बित्न नपाउँदै उनले पुनः त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा लिइएको खुल्ला प्रतिस्पर्धात्मक परीक्षामा प्राविधिक तर्फ नाम निकाल्न सफल भएका हुन् । सरकारी सेवाका फरक–फरक क्षेत्रमा लगातार खुल्ला तर्फबाट नाम निकाल्दै सफलताको 'ह्याट्रिक' गरेपछि यतिबेला स्थानीय स्तरमा उनको चौतर्फी प्रशंसा र व्यापक चर्चा भइरहेको छ ।

​सफलतामा पनि झल्कियो शालीनता ​सानै उमेरदेखि पढाइमा अत्यन्तै लगनशील, जेहेन्दार र भद्र स्वभावका धनी नेत्र कुशवाहाले यो ठुलो सफलता हात पार्दा पनि आफ्नो सादगीपनलाई भुलेका छैनन् । लगातारको सफलताले उनमा अहंकार होइन, झन् बढी जिम्मेवारीबोध, सहनशीलता र भद्रता थपेको स्थानीयहरू बताउँछन् । उनको यो शालीन व्यवहारले उनलाई चिन्ने जोकोहीको मन जित्न सफल भएको छ ।

​ "आजको समयमा देशमा रोजगारीको अवसर छैन भन्दै पलायन हुन चाहने वा निराश बन्ने युवा पुस्ताका लागि नेत्र कुशवाहा एक बलियो र जीवन्त प्रेरणाको स्रोत बनेका छन् । निष्पक्ष रूपमा मिहिनेत गर्ने हो भने आफ्नै देशको लोकसेवा र सरकारी ओहोदामा खुल्ला प्रतिस्पर्धाबाटै उज्यालो भविष्य निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले प्रस्तुत गरेका छन् ।"

यो गौरवमय सफलताका लागि नेत्र कुशवाहालाई हार्दिक बधाई तथा आगामी सुखद र मर्यादित प्रशासनिक एवं प्राविधिक कार्यकालको पूर्ण सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१