ताजा समाचार

सिरहाको गदियानीमा नागरिकको आँगनमै सीमा स्तम्भ: वास्तविकताबारे बहस चुलिँदो

  • जेठ १८, २०८३
  • ४९० पटक पढिएको
  • रहमुल
alt

विनोद अविरल, जेठ १८,​सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिरहा नगरपालिका वडा नम्बर २० गदियानीका स्थानीय ज्ञानी मुखियाको घरको आँगनमै सीमा स्तम्भ (पिलर) फेला परेपछि सीमा सुरक्षा र नागरिकको राष्ट्रियताको विषय फेला परेको छ । आफ्नो परापूर्व कालदेखिको जग्गा र घरको आँगनमै अन्तर्राष्ट्रिय सीमा स्तम्भ गाडिएपछि मुखिया परिवार मात्र होइन, सम्पूर्ण गदियानी गाउँ नै अन्योल र त्रासमा बाँच्न बाध्य भएको छ । ​

​विगत लामो समयदेखि भोगचलन गर्दै आएको र नेपाल सरकारलाई मालपोत तिर्दै आएको जग्गामा सीमा जोडिएका कारण स्थानीय नागरिकहरू मारमा परेका छन् । ​यस विषयलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ । कतिपयले यसलाई नेपालको भूभाग मिचिएको रूपमा हेरेका छन् भने कतिपयले प्राविधिक नक्सांकनको त्रुटि ठानेका छन् । ​

​यसै विषयलाई जोडेर समानानिय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा झुठो वा सही बोलेको भन्ने चर्चा पनि उठ्ने गरेको छ । ज्ञानी मुखियाको आँगनमा सीमा स्तम्भ हुनु एउटा गम्भीर र संवेदनशील यथार्थ हो । यस्ता प्राविधिक र कूटनीतिक समस्याहरूलाई राजनीतिक स्टन्ट वा हल्लाका भरमा भन्दा पनि नेपाल र भारतका प्राविधिक टोलीहरू (Joint Boundary Committee) मार्फत तथ्य र पुराना नक्साका आधारमा समाधान गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤