Siraha Times
ताजा समाचार

ठाडी नाकामा तस्करी तीव्र : सर्वसाधारणलाई सास्ती, सुरक्षा संयन्त्रप्रति स्थानीय आक्रोश

  • जेठ ८, २०८३
  • ४६९ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, ८ जेठ ।  सिरहाको गरगमा, कचनारी बडरी तथा ठाडी नाका आसपासका सीमा क्षेत्रमा पछिल्लो समय तस्करी गतिविधि तीव्र बनेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सीमा क्षेत्रमा हुने अवैध ओसारपसारका कारण आम सर्वसाधारणले दुःख पाइरहेको बेला तस्करहरू भने खुलेआम सक्रिय रहेको स्थानीयहरूको आरोप छ।

यसै साता दुई जना नेपाली युवासँग सम्बन्धित घटनाले सीमा क्षेत्रको सुरक्षा अवस्था र निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ। स्थानीय स्रोतका अनुसार एक जना युवाको मोटरसाइकल जफत गरिएको छ भने अर्का एक स्याउ व्यापारीको करिब ८० कार्टुन स्याउ आफ्नै देशको दशगज्जा क्षेत्रबाट लुटिएको बताइएको छ।

स्थानीयका अनुसार राति करिब ८:३० बजे भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आएका केही व्यक्तिहरूको संलग्नतामा उक्त स्याउ लुटपाट भएको आशंका गरिएको छ। घटनापछि पीडित व्यापारी आर्थिक रूपमा ठूलो समस्यामा परेको बताइएको छ। भारतीय नं प्लेटको गाडीमा आएको व्यक्तिहरू को थिए अहिले सम्म खुल्न सकेको छैन। स्याउको केहि थान कार्टुन प्रहरीको नियन्त्रमा रहेको र धेरै थान कार्टुन स्याउ स्थानीयहरुले लुटेर लगेको स्थानीय हरुले बताएका छन।

घटनाको वास्तविकता बुझ्न सीमा क्षेत्रमा पुगेको आधा दर्जन सञ्चारकर्मीहरूको टोलीले सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत ठाडीस्थित एपीएफ कार्यालय तथा नेपाल प्रहरी को प्रहरी चौकी ठाडीसँग पटक–पटक सम्पर्क गर्न खोजेको थियो। तर सशस्त्र प्रहरीका डीएसपीको फोन उठेन भने प्रहरी चौकी इन्चार्जले आफू बाहिर रहेको जानकारी दिएका थिए।

स्थलगत रिपोर्टिङका क्रममा सीमा क्षेत्रमा तस्करी मात्र होइन, सुरक्षाकर्मीहरूको व्यवहार र बोलीचालीप्रति समेत स्थानीय असन्तुष्ट रहेको पाइएको छ। स्थानीय युवाहरूले सञ्चारकर्मीसँगको कुराकानीमा आफूहरूले परिवर्तन र सहज जीवनको अपेक्षासहित मत दिएको भए पनि अहिले उल्टै दुःख पाइरहेको गुनासो गरेका थिए। उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै सीमा क्षेत्रमा सर्वसाधारणले सहज रूपमा व्यापार, आवतजावत र दैनिक जीवनयापन गर्न पाउनुपर्ने माग गरेका छन्। केही युवाहरूले “परिवर्तनको आशा गरे पनि व्यवहारमा नागरिकले सास्ती भोग्नुपरेको” प्रतिक्रिया दिएका थिए।

विशेषगरी ठाडी नाका क्षेत्र सप्तरीको पश्चिमी क्षेत्र, सिरहाको पूर्वी क्षेत्र तथा उदयपुरको दक्षिणी भेगका नागरिकहरूको मुख्य बजार भारतीय सीमावर्ती लौकाहा र लदनिया रहेको छ। दैनिक उपभोग्य सामग्री, कृषि उत्पादन तथा साना व्यापारका लागि स्थानीयहरू लामो समयदेखि ती बजारमा निर्भर रहँदै आएका छन्। रिपोर्टिङका क्रममा भेटिएका केही बुद्धिजीवी तथा ज्येष्ठ नागरिकहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू नागरिकप्रति जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले सीमा क्षेत्रमा मुस्कानसहितको सेवा, पारदर्शी राजस्व संकलन तथा तस्करी नियन्त्रणमा प्रभावकारी निगरानीको माग गरेका छन्।

स्थानीयवासीले सरकारसँग सीमा क्षेत्रमा निष्पक्ष सुरक्षा व्यवस्था कायम गर्न, सर्वसाधारणमाथि हुने दुव्र्यवहार रोक्न तथा अवैध तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालयको आम्दानी स ...

रहमुल, लहान ८ जेठ । “कला संस्कृतिहाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान&rdquo ...

सखुवानन्कारकट्टी–५ म ...

रहमुल, लहान, ८ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ स्थित बि.एम. इंगलिश बोर्डिंग स्कू ...

शिक्षा सहयोगले उज्या ...

रहमुल, लहान ८ जेठ । M.C.C. र दलित जनकल्याण युवा क्लब लहानको संयुक्त सहकार्यमा विद्यालयका सम्पूर्ण वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१