Siraha Times
ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारीमा रहस्यमय रोगका कारण लाखौंको माछा नष्ट

  • जेठ ७, २०८३
  • ५०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, ७ जेठ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रामपुरस्थित दुर्गा महादेव मन्दिर अगाडिको पोखरीमा रहस्यमय रोग फैलिँदा लाखौं रुपैयाँ बराबरको माछा नष्ट भएको छ। स्थानीय शिव कुमार साहका अनुसार जेठ १ गतेदेखि पोखरीमा रहेका माछाहरूको आँखा रातो हुने, जिउ रातो हुने तथा क्रमशः मर्ने समस्या देखिएको हो।

घटनापछि स्थानीयवासी र पोखरी ठेकेदार चिन्तित बनेका छन्। नगरपालिका लहान अन्तर्गत भोटिया टोलका माछापालन व्यवसायी हाकिमले पोखरीको पानी परीक्षण गर्दा पानीमा कुनै किसिमको समस्या नदेखिएको बताएका छन्। तर पनि लगातार माछा मर्न थालेपछि रोगको वास्तविक कारणबारे अन्योल बढेको छ।

पोखरीका ठेकेदार पिरियम कुमार साहले पोखरी सफाइका लागि करिब ५० हजार रुपैयाँ खर्च गरिएको जानकारी दिएका छन्। उनका अनुसार पोखरीबाट कुम्ही, कचरा, प्लास्टिक, गुदरा, शिसा, हगिज लगायतका फोहोर सामग्री १० ट्र्याक्टर हटाइएको थियो। तर चेतावनी दिँदा पनि केही व्यक्तिहरूले भोजभतेरको बाँकी खाना, प्लास्टिक तथा अन्य फोहोर पोखरीमा फाल्ने क्रम नरोकिएको उनले गुनासो गरे।

स्थानीयहरूले यस घटनाप्रति नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै रोगको कारण पत्ता लगाई आवश्यक नियन्त्रण तथा क्षतिपूर्ति व्यवस्थापन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१