Siraha Times
ताजा समाचार

खडक नगरपालिका–४ पन्सेरा बाल श्रम मुक्त वडा घोषणा

  • जेठ ६, २०८३
  • २२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेष्ठ ०६ । सप्तरीको खडक नगरपालिका वडा नं. ४ पन्सेरालाई औपचारिक रूपमा बाल श्रम मुक्त वडा घोषणा गरिएको छ। बालअधिकार संरक्षण, बाल श्रम अन्त्य तथा बालमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै उक्त घोषणा गरिएको हो।

सबल नेपाल र Save the Children को समन्वय तथा सहकार्यमा, खडक नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोग एवं बालमैत्री वडा समिति खडक नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष गंगाराम चौधरीको अध्यक्षतामा तथा खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बाल श्रम मुक्त वडा घोषणासम्बन्धी प्रतिवेदन खडक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी बाल कल्याण अधिकारी अनिता कुमारी साहले प्रस्तुत गरेकी थिइन्।

प्रतिवेदन प्रस्तुत गर्दै उनले बालबालिकालाई श्रमबाट मुक्त गराई विद्यालय शिक्षामा पहुँच सुनिश्चित गर्न स्थानीय तह, अभिभावक, विद्यालय तथा विभिन्न संघसंस्थाको सहकार्य महत्वपूर्ण रहेको बताइन्। उनले बाल श्रम अन्त्यका लागि समुदायस्तरमा अझ प्रभावकारी अभियान सञ्चालन गरिने जानकारी समेत दिइन्।

कार्यक्रममा वडा सदस्य राजनारायण चौधरी, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साह, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा विभिन्न बाल क्लबमा आवद्ध बालबालिकाले बालअधिकार, शिक्षा, बाल संरक्षण तथा बाल श्रम अन्त्यका विषयमा आफ्ना धारणा राखेका थिए। सहभागीहरूले बालबालिकालाई श्रममा होइन शिक्षामा जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्य इन्चार्ज, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको हकहित संरक्षण, सुरक्षित वातावरण निर्माण तथा बालमैत्री समाज निर्माणका विषयमा सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमको समापन गर्दै सभा अध्यक्ष गंगाराम चौधरीले वडा नं. ४ लाई निकट भविष्यमा पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बाल श्रम विरुद्धको अभियानलाई निरन्तर अगाडि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस

अध्यक्ष शिव उदगार या ...

ओम प्रकाश यादव लहान, जेठ ६ । सिरहाको नवराजपुर गाउँपालिका मा सुकुम्बासी परिवारहरूको जीवनस्तर सुधार गर ...

बैंकिङ्ग कसूर मुद्दा ...

लहान ५ जेठ । सिरहा प्रहरीले बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ...

लहान–१५ मा संरक्षण प ...

ओम प्रकाश यादव लहान, जेठ ५ । सिरहाको लहान नगरपालिका–१५ मा वातावरण संरक्षण तथा स्थानीय आयआर्जनल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१