Siraha Times
ताजा समाचार

अध्यक्ष शिव उदगार यादवद्वारा सुकुम्बासीहरूलाई घरसहित राहत वितरण, खुशीले भरिए परिवार

  • जेठ ६, २०८३
  • ३७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ ६ । सिरहाको नवराजपुर गाउँपालिका मा सुकुम्बासी परिवारहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष शिव उदगार यादव द्वारा घरसहित राहत वितरण  गरिएको छ।

वर्षौंदेखि बसोबासको समस्या झेल्दै आएका विपन्न तथा भूमिहीन परिवारहरूलाई सुरक्षित आवास उपलब्ध गराइएपछि स्थानीय बासिन्दामा खुशीको वातावरण छाएको छ। गाउँपालिकाले विभिन्न वडामा रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूलाई व्यवस्थित रूपमा बसोबास गराउने अभियान अघि बढाएको जनाएको छ।

सोही अभियानअन्तर्गत अस्थायी टहरा तथा जोखिमपूर्ण अवस्थामा बस्दै आएका परिवारलाई राहतस्वरूप घर हस्तान्तरण गरिएको गाउँपालिका स्रोतले जनाएको छ। नयाँ घर पाएपछि धेरै परिवारले अब आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउन पाउने आशा व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शिव उदगार यादवले सुकुम्बासी, दलित तथा विपन्न समुदायको जीवनस्तर उकास्नु गाउँपालिकाको प्राथमिकता रहेको बताए।

उनले वास्तविक भूमिहीन नागरिकलाई अधिकार दिलाउने र व्यवस्थित बसोबासको व्यवस्था गर्ने अभियान निरन्तर जारी रहने स्पष्ट पारे। “गाउँपालिकाले कसैलाई पनि अन्याय हुन दिने छैन, तर सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षण पनि उत्तिकै आवश्यक छ,” उनले बताए। यसैबीच गाउँपालिकाभरि ऐलानी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान पनि तीव्र पारिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक उपयोगका लागि छुट्याइएका जग्गामा बनाइएका टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको छ।

केही स्थानमा स्थानीय प्रशासन र जनप्रतिनिधिको उपस्थितिमा डोजर प्रयोग गरी अवैध संरचना हटाइएको जनाइएको छ। गाउँपालिकाका अनुसार वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्य सँगसँगै अघि बढाइनेछ। अवैध रूपमा ऐलानी जग्गा कब्जा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कानूनी प्रक्रिया अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

स्थानीयवासीहरूले गाउँपालिकाको कदमलाई सकारात्मक रूपमा लिँदै भूमिहीन तथा विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताएका छन्। साथै, सार्वजनिक जग्गा संरक्षणको अभियानले दीर्घकालीन रूपमा विकास निर्माणका कार्यमा सहजता आउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका–४ पन्स ...

ओम प्रकाश यादव लहान, जेष्ठ ०६ । सप्तरीको खडक नगरपालिका वडा नं. ४ पन्सेरालाई औपचारिक रूपमा बाल श्रम म ...

बैंकिङ्ग कसूर मुद्दा ...

लहान ५ जेठ । सिरहा प्रहरीले बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ...

लहान–१५ मा संरक्षण प ...

ओम प्रकाश यादव लहान, जेठ ५ । सिरहाको लहान नगरपालिका–१५ मा वातावरण संरक्षण तथा स्थानीय आयआर्जनल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१