Siraha Times
ताजा समाचार

आगलागी पीडित परिवारलाई लहान नगरपालिकाद्वारा अस्थायी बसोबासको व्यवस्था

  • जेठ ५, २०८३
  • ४६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ५ जेठ । सिरहाको लहान नगरपालिका–१५ लंग्राहामा केही दिनअघि भएको आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएपछि समस्यामा परेका मदन थापा मगरको परिवारलाई लहान नगरपालिका ले तत्काल अस्थायी बसोबासको व्यवस्था गरेको छ।

नगरप्रमुख महेश चौधरी स्वयं नगर प्रहरीसहित पीडितको घरमै पुगेर अस्थायी रूपमा बस्न मिल्ने टेन्ट व्यवस्थापन गरेका हुन्। साथै, नयाँ घर निर्माणका लागि आवश्यक जस्तापातासमेत उपलब्ध गराइएको नगरप्रमुख चौधरीले जानकारी दिएका छन्।

यसअघि नै नगरपालिकाले राहतस्वरूप चामल, दाल, नुन, भाडाकुडा, त्रिपाल लगायत दैनिक उपभोगका अत्यावश्यक सामग्री उपलब्ध गराइसकेको जनाएको छ। आगलागीपछि विचलित बनेको परिवारलाई तत्काल राहत, खाद्यान्न तथा बसोबासको व्यवस्था गरेर नगरपालिकाले मानवीय संवेदनासहित सक्रियता देखाएको स्थानीयवासीले बताएका छन्।

नगरप्रमुख चौधरीले विपद्को समयमा नगरपालिका नागरिकको अभिभावकको रूपमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक थप सहयोगसमेत गरिने बताएका छन्। उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा नगरपालिका निरन्तर सक्रिय रहने उल्लेख गरे।

स्थानीयका अनुसार गरिब, विपन्न तथा निमुखा नागरिकप्रति नगरप्रमुख चौधरीले देखाएको चासो, तत्परता र सक्रियताले स्थानीय तहप्रतिको विश्वास अझ बलियो बन्दै गएको छ। पछिल्ला दिनहरूमा विपद् व्यवस्थापन, सुकुम्बासी समस्या तथा सामाजिक मुद्दाहरूमा नगरपालिकाको प्रत्यक्ष सहभागिताले जनतामाझ सकारात्मक सन्देश प्रवाह भइरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१