Siraha Times
ताजा समाचार

ब्राउनसुगरसहित दुई जना पक्राउ, मोटरसाइकल समेत नियन्त्रणमा

  • जेठ ४, २०८३
  • ४९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ४ । सिरहामा प्रहरीले ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार मिति २०८३ जेठ ३ गते साँझ करिब ५ः३० बजेको समयमा सिरहा नगरपालिका–१४ स्थित क्षेत्रमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले माडरतर्फबाट सिरहा आउँदै गरेको न.४ प. १३८८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक गोलबजार नगरपालिका–३ निवासी अन्दाजी ३१ वर्षीय सरोज विकको साथबाट प्लास्टिक बाहेक २०० मिलिग्राम तथा प्लास्टिकसहित ४३७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी मोटरसाइकलको पछाडि सवार गोलबजार नगरपालिका–३ कै अन्दाजी २६ वर्षीय राजु लामाको साथबाट प्लास्टिक बाहेक ५ ग्राम १०० मिलिग्राम तथा प्लास्टिकसहित ६ ग्राम २१० मिलिग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाको साथबाट बरामद गरिएको कुल पदार्थको परिमाण प्लास्टिक बाहेक ५ ग्राम ३०० मिलिग्राम तथा प्लास्टिकसहित ६ ग्राम ६४७ मिलिग्राम रहेको छ। बरामद गरिएको पदार्थ, मोटरसाइकल तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। मिति २०८३ जेठ ४ गते सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस सम्बन्धमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१