Siraha Times
ताजा समाचार

“यातायातमा खुला लुट: अधिकृत रामसुन्दर महतोको अवैध नामसारी धन्दा छताछुल्ल, सेवाग्रही ठगिँदै”

  • वैशाख ११, २०८३
  • ५८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ११ बैशाख । यातायात व्यवस्था कार्यालय वीरगंजका “च झ” फाँट प्रमुख अधिकृत रामसुन्दर महतोले गर्दै आएको सनाखत नामसारीको कालाकर्तुतहरुको प्रमाण फेला परेको छ । अधिकृत महतोले यातायात कार्यालय वीरगंजमा रजाई गर्दै हजारौं सनाखत नामसारी गरेका छन् ।

494108108_1162113222266074_2644746285588504127_n 9

सनाखत नामसारी नियम बिपरितका कार्य भए पनि उनी मोटो मालको चक्करमा गर्दै आएको सो कार्यालयमा कार्यरत्त एक जना कर्मचारीले बताए । अधिकृत महतोले बिगतमा प्रति ब्लुबुक दुई हजारको दरले सनाखत नामसारी ब्लुबुकमा मात्र गरे पनि ढाडामा नचढाईएको बताईन्छ । त्यस्ता दैनिक दर्जनौं मोटरसाईकलहरु वीरगंजमा नामसारी हुन आउँदा ढाडामा नरहेको कारण सेवाग्रहीहरु दुःखेसो पोख्दै फर्किराखेको एक सेवाग्रहीले बताए । सो सेवाग्रहीहरु अधिकृत महतो सँग सम्पर्क गर्दा उनले पहिला धेरै झुलाउने र पछि पुनः दुई हजार लिएर छुट प्रमाणित गर्ने गरेको बताईन्छ ।

एउटा सवारी धनी सँग नामसारी कै नाममा पटक–पटक रकम लिनु उचित नरहेको एक जना कर्मचारीको भनाई रहेको छ । कुनै पनि सवारी नामसारी गर्नु पर्दा सवारीधनी र खरिदकर्ता सवारी सहित कार्यालयमा अनिवार्य उपस्थित भई सवारी नामसारीको काम गर्नुपर्ने यातायात व्यवस्थाको नियमावलीमा उल्लेख रहेको छ । तर अधिकृत महतोले सवारीधनी, खरिदकर्ता र सवारी अनुपस्थित रहे पनि २०८२/२/१३ गतेको मितिमा ना ४६ प ३०३७ नम्बरको बजाज पल्सर मोटरसाईकल सनाखत नामसारी गरेको प्रमाण भेटिएको छ । पुस्कर मोक्तान भरतपुर–८ चितवनको नामबाट तनहु जिल्ला निवासी ज्ञानु मल्लको नाममा नामसारी भएको पाईएको छ । 

२०८२÷२÷१३ गतेको मितिमा नामसारी गर्दा सरकारको राजस्व ६५ सय कर, ५ सय नामसारी, ३ सय नविकरण गरी ७३ सय रुपैया राजस्व नै दाखिला नगराई सेवाग्रही सँग सो रकम महतोले लिई आफ्नै खल्तीमा राखेको सेवाग्रहीको आरोप रहेको छ । ना ४६ प ३०३७ को प्राप्त भिआरएसमा मिति २०८०/१२/२० सम्म मात्र राजस्व दाखिला गरिएको छ भने गाडी २०८२/२/१३ मा नामसारी गरिएको छ । महतोले गरेका सनाखत नामसारीका थप प्रमाणहरु यस अनलाईन सँग सुरक्षित छ । 

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । 

सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१