ताजा समाचार

सप्तरी निवासी सव-इन्जिनियर प्रज्जवल साहले गरे दाइजो मुक्त विवाह

  • वैशाख १०, २०८३
  • १३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनादेवी साहका सुपुत्र सव-इञ्जिनियर प्रज्जवल बिक्रम साह र राैतहटकाे राजपुर नगरपालिका- ४ का विमन साहकी सुपुत्री स्नातक तह अध्ययनरत तथा शिक्षक संगिता कुमारी साहकाे यहीँ बैसाख ७ गते रात्री लगनमा दाइजो मुक्त विवाह सम्पन्न भएकाे छ ।

नवविवाहित बरबधुलाई बधाई दिदै सप्तरी क्षेत्र ४ का प्रतिनिधि सभा सदस्य सिताराम साहले मधेसी समुदायमा जडाे गाडेर रहेकाे दाइजाे प्रथा अन्त्यका लागि याे कार्य भएकाे बताएका छन् । उनले समाजकाे क्यान्सरकाे रूपमा रहेकाे दाइजाे प्रथा अन्त्यका लागि यी यस्तै युवा पुस्ताकाे भूमिका महत्वपूर्ण रहेकाे बताएका हुन् । आमाबुवाले पनि आ-आफ्ना छाेराछाेरीकाे विवाहमा दाइजाे लेनदेन गर्नु दण्डनीय भएकाे बुझ्नु अपरिहार्य छ । दाइजाे प्रथा अन्त्यकाे शुभारम्भ भइसकेकाेले मधेसबाट याे कुप्रथा निर्मूल पार्न सबैकाे याेगदान अपरिहार्य भएकाे सांसद साहकाे भनाइ छ ।

यसैबीच प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने बताएकी थिइन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न समेत आग्रह गरेकी छन्। इन्जिनियर प्रज्जवल साह र शिक्षिका संगिता कुमारी साहकाे नव विवाहीत जोडीले समाजमा राम्रो सन्देश दिइएको छ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤