Siraha Times
ताजा समाचार

राजदेवी आधारभूत विद्यालयमा ६ कोठे शौचालय निर्माण, विद्यार्थीलाई स्वच्छता सुविधा थप सहज

  • चैत १७, २०८२
  • ५८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनिक शौचालय निर्माण सम्पन्न गरी विद्यालय व्यवस्थापनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नवनिर्मित शौचालयमा महिला विद्यार्थीका लागि ३ कोठा, पुरुषका लागि २ कोठा तथा १ वटा पहुँचयुक्त (अपाङ्गमैत्री) शौचालयको व्यवस्था गरिएको छ। यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सरसफाइ, स्वास्थ्य र सुविधा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

लहान नगरपालिकाका मेयर महेश चौधरीका अनुसार “द विकन परियोजना” अन्तर्गत उक्त शौचालय निर्माण कार्य सम्पन्न गरिएको हो। उनले विद्यालयमा आधारभूत पूर्वाधार सुदृढ गर्दै विद्यार्थीमैत्री वातावरण सिर्जना गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताए। उक्त परियोजना कार्यान्वयनमा लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब, वाटर एड नेपाल, नेपाल खानेपानी संस्थान तथा एलिगन वाटरको सहकार्य रहेको छ। बहुपक्षीय सहकार्यबाट निर्माण सम्पन्न भएको यस संरचनाले विद्यालयमा स्वच्छता तथा सरसफाइको स्तर उकास्ने विश्वास लिइएको छ।

विद्यालयका शिक्षक तथा अभिभावकहरूले यस पहललाई स्वागत गर्दै यसले विशेषगरी छात्राहरूको नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। साथै, पहुँचयुक्त शौचालय निर्माणले अपाङ्गता भएका विद्यार्थीहरूलाई समेत सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तह र साझेदार संस्थाहरूको संयुक्त प्रयासमा गरिएको यस्ता विकास निर्माणका कामहरूले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१