Siraha Times
ताजा समाचार

लहान- सातका प्राध्यापक सन्तोष कुमार साह सडक दुर्घटनापछि हप्तौं दिनदेखि कोमामा - ठक्कर दिने फरार

  • फागुन ९, २०८२
  • ११०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ९ फागुन । सिराहाको लहान नगरपालिका–७ निवासी प्राध्यापक सन्तोष गुप्ता भन्ने संतोष कुमार साह २०८२ साल फागुन २ गते बाटो हिँड्दै गर्दा सडक दुर्घटनामा गम्भीर घाइते भई हप्तौँ दिनदेखि कोमामा रहेका छन्।

इलाका प्रहरी कार्यालय लहानका अनुसार - प्राध्यापक गुप्ता बाटोमा साँझ करिब ७:३० बजे लहान मारवाडी सेवा सदन सडकमा तिनकुने पार्क नजिक सुमित सुनचाँदी पसल नजिक हिडि रहेको अवस्थामा सुरुङ्गा नगरपालिका कुसहा निवासी उमर फारुकले चलाएको सवारी साधन न. स.८प. ३२३२ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकलले ठक्कर दिएको थियो। फारुकले उत्तरतर्फ बाट दक्षिणतर्फ आउँदै गरेको तीब्र गतिको मोटरसाइकलले एक्कासि ठक्कर दिँदा पर्खालमा संतोष टक्राएका थियो ।

पहिचान नसकिने बेहोस अवस्थामा बनेको थियोे । दुर्घटनापछि गम्भीर घाइते भएका गुप्तालाई तत्काल उपचारका लागि सप्तऋषि अस्पताल लगिएको थियो । दुर्घटना सहनै नसके भएकाले केही छिनमै थप उपचारका लागि न्युरो हस्पिटल विराटनगर गरिएको थियोे । आज ८ दिन पुग्यो बिरामी संतोष गुप्ताको केही स्वास्थ्यमा सुधार देखिदैन् । तथापि बेला बखत हल्का आँखा झ्याप्ने, खुट्टा हल्लाउने गरेको उनका छोरा अभिशेक गुप्ताले बताउँछन् ।

अस्पताल भर्ना गरिएको भए पनि उनको अवस्था हालसम्म पनि चिन्ताजनक रहेको प्रष्टै छ। दुर्घटना गराएर फरार भएका वर्ष २७ को मो. उमर फारुक हालसम्म पक्राउ नपरेको र उनलाई फरार सूचीमा राखेर खोजतलास भइसकेको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर जटाशंकर सिँह जनाएको छ। उनका अनुसार हल्का चोटपटक लागेको फारुकलाई विशेष उचारका लागि विराटनगरस्थित नोवेल पश्चात् रि-चेकअप पश्चात् सुरक्षित रहेको छ।

ठक्कर दिने मो. उमर फारुकका बुवा साकिबलाई सम्पर्क गर्दा फोन उठाउँदैन् । घटनापछि स्थानीयवासी तथा पीडित परिवारले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। तत्काल क्षतिपूर्ति सहित बिरामी भेट्न परिवारजनले हारगुहार गरेका छन् । उनका आफन्त छोराका अनुसार यस अघि पनि १५ वर्ष पहिला उनको टाउको "मस्तिष्क" खोलिएको थियो ।

फेरि पनि "मस्तिष्क" खोल्नु पर्ने अवस्थामा ठक्कर पुगाई दिइएको रुवाबासी देखिएको छ। यस घटनाले लहान क्षेत्रमा सुरक्षा र सवारी नियम पालनाको विषयमा गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले शीघ्र अनुसन्धान गरी दोषीलाई सार्वजनिक गर्नुपर्ने स्थानीयको जोडदार माग छ। यस अघि घाइते गुप्ता (एल. एम . कलेज), सलहेश क्याम्पस, मावि सोनर्सा नवरापुरमा लेखा विषय पढाउँदै आएका थिए। उनका आर्थिक अवस्था एक्दम्मै नाजुक रहेको परिवारजन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१