Siraha Times
ताजा समाचार

लहानका आरजे यादवलाई ‘मोडेल अफ द इयर २०२६’ अन्तर्राष्ट्रिय सम्मान

  • फागुन ३, २०८२
  • ५२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फाल्गुन–०३, लहान। लहानका युवा प्रतिभा आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ASN International Award २०२६ अन्तर्गत ‘मोडेल अफ द इयर २०२६’ को अवार्ड तथा सम्मानपत्र प्राप्त गरेका छन्। एक विशेष समारोहबीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यादवलाई उक्त अवार्ड प्रदान गरिएको हो।

मोडलिङ क्षेत्रमा निरन्तर मेहनत, अनुशासन र समर्पणका साथ सक्रिय रहँदै आएका यादवको योगदानको कदर स्वरूप उनलाई यो सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धात्मक ढंगले प्रस्तुत हुँदै आफ्नो पहिचान स्थापित गर्न सफल व्यक्तित्वलाई ‘मोडेल अफ द इयर’ विधाबाट सम्मानित गरिन्छ।

यादवले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यावसायिक प्रतिबद्धतामार्फत निर्णायक मण्डललाई प्रभावित पारेका थिए। अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै आरजे शियाराम यादवले यो सम्मान आफ्नो जीवनको अत्यन्तै गर्विलो र भावनात्मक क्षण भएको बताए। उनले भने, “यो उपलब्धि मेरो एक्लो प्रयासको परिणाम मात्र होइन, परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथ र विश्वासको प्रतिफल हो। यसले मलाई आगामी दिनमा अझ उत्कृष्ट काम गर्न थप ऊर्जा र प्रेरणा दिएको छ।”

उनले मोडलिङ क्षेत्रमा अझ जिम्मेवार र सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। लहानजस्तो सहरबाट अन्तर्राष्ट्रिय अवार्ड जित्नु स्थानीय युवापुस्ताका लागि प्रेरणादायी उपलब्धि भएको सरोकारवालाहरूको भनाइ छ। यस सम्मानसँगै आरजे शियाराम यादवले मोडलिङ क्षेत्रमा लहान तथा समग्र नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा अझ उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१