Siraha Times
ताजा समाचार

नवराजपुर गा पा अध्यक्ष यादवले गरे ५६ हजार सहयोग

  • पुस १५, २०८२
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव पुष १५ । सिराहा जिल्ला, बरियारपट्टि गाउँका सत्यनारायण साफीले कठिन आर्थिक अवस्था र ज्याला मजदुरी गर्दै पनि पूर्ण छात्रवृत्तिमा MBBS अध्ययनका लागि नाम निकाल्न सफल भई उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ। उहाँको यस ऐतिहासिक सफलताप्रति नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) ज्यूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष यादवले सत्यनारायण साफीको असाधारण मेहनत, साहस र दृढ संकल्पको उच्च कदर गर्दै सम्मानस्वरूप तथा समाजका युवापुस्तालाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले रु. ५५,५५५/- (पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको हो। अध्यक्ष यादवले भन्नुभयो, “सत्यनारायण साफीको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो सम्पूर्ण समाजका लागि आशा र प्रेरणाको सन्देश हो। कठिन परिस्थितिमा पनि निरन्तर परिश्रम र आत्मविश्वास भए सफलता सम्भव हुन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ।”

स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पनि सत्यनारायण साफीको सफलताको प्रशंसा गर्दै उहाँको उज्ज्वल भविष्य र सफल चिकित्सकीय यात्राको कामना गरेका छन्। यो उपलब्धिले ग्रामीण भेगका मेहनती तथा प्रतिभाशाली युवाहरूलाई उच्च शिक्षा हासिल गर्न थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

सत्यनारायण साफीको यो सफलता सम्पूर्ण समाज र विशेषगरी युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँको आगामी अध्ययन तथा चिकित्सकीय यात्रामा निरन्तर सफलता मिलोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१