Siraha Times
ताजा समाचार

नवराजपुरमा एनसीसी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पुस ६, २०८२
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय, सोनबर्सामा सञ्चालित राष्ट्रिय क्याडेट कोर (NCC) तालिममा सहभागी क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा NCC Alumni Association (NCCAA) मधेस प्रदेश सचिव लक्ष्मण शर्मा प्रमुख अतिथिको रूपमा सहभागी भई तालिमरत क्याडेटहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको थियो। कार्यक्रममा सहभागी करिब ३० जना NCC क्याडेटहरूलाई सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन, विशेषगरी आपत विपतको समयमा सेवामा खटिनुपर्ने दायित्व र जिम्मेवारीबारे हौसला प्रदान गरिएको थियो।

अन्तरक्रियाका क्रममा सचिव शर्माले NCC Alumni Association को उद्देश्य, आवश्यकता, योग्यता, समिति संरचना, काम, कर्तव्य र अधिकारलगायत समग्र विषयमा विस्तृत जानकारी दिनुभएको थियो। आपत–विपतका समयमा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव नहोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो।

सचिव शर्माले NCC क्याडेटहरू अनुशासित, जिम्मेवार र समाजप्रति उत्तरदायी जनशक्ति भएको उल्लेख गर्दै, भविष्यमा विपद् व्यवस्थापन, उद्धार, राहत तथा सामाजिक सेवामा उनीहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमले क्याडेटहरूमा सामाजिक उत्तरदायित्व, सेवाभाव र नेतृत्व विकासमा सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताएका छन्। विद्यालय प्रशासनले यस्ता प्रेरणादायी कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै समाजप्रति सकारात्मक सोच विकास हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१