समाजसेवामा समर्पित इञ्जिनियर यादव

  • असार ३, २०८२
  • १२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असार ३ । जीवनदान दिने सच्चा नायक मधेशको माटोमा जन्मिएर समाज र जनताको पीडा आफूमाथि बोकेर निःस्वार्थ भावले सेवा गरिरहेका यी युवालाई चिन्ने जो-कोही भन्छन् "साँचिकै फरक छन् सन्तोष!" सन्तोष यादव पेशाले सिभिल इञ्जिनियर हुन्। उनी बिक्रम संवत २०७२ सालमा काठमाडौंमा आयोजित इन्स्टिच्युट अफ इन्जिियरिङ्ग को इन्ट्रान्स परीक्षामा उत्कृष्ट उमेदवारहरुमध्ये एक थिए। त्यो उपलब्धि आफैमा गौरवको कुरा हो।

उहाले देखेका समय जून कोरोना महामारीले संसारलाई भयावह संकटमा पारेको बेला मधेश प्रदेशका अधिकांश अस्पतालहरूमा एकातिर अक्सिजनको अभावले कतिको अल्पायुमै आफ्ना ज्यान गुमाउनु परेको थियो त्यस्ता उदाहरण उहाको आँखा अगाडी थियो नै तर पछि उहाले गर्नुभएको अनुभव रगतको त्यस्तै अभाव थियो तर मनको धनि समाजसेवी यादवले यता तीर ध्यान केन्द्रित गरेर ब्लड फॉर नेपाल नामक संस्थामा आवध भई रगत बिना कसैले ज्यान गुमाउनु नपरोस विचार लिएर निस्वार्थ भावले सेवा गरिरहेका छन्।

दैनिक जसो मानिसहरू अस्पतालको बेडमा रगत बिना शैयामा थेग्रिइरहेका थिए। यही बेलामा सन्तोष यादवको मनमा ठूलो हुरी चल्यो। उनी भन्छन्, “जब म देख्थें कि कसैले रगत अभावले मात्र अस्पतालमै ज्यान गुमाइरहेका छन्, तब मलाई लाग्यो—अब बोल्ने होइन, गर्नुपर्ने बेला आएको छ।” त्यसयता सन्तोषले आफ्नो पेशागत ज्ञान भन्दा पहिले मानवीय सेवा र रक्तदानलाई आफ्नो धर्म माने। उनी स्वयंले दर्जनौं पटक रगत दान गरिसकेका छन्। तर उनी रगत दानमा मात्र सीमित छैनन् ।रगत चाहिने बिरामीका लागि दाता खोज्ने, तत्काल अस्पतालसँग समन्वय गर्ने, र दातालाई घटनास्थलमा पुर्याउने काममा पनि सक्रिय छन्।

त्यस्तै एउटा मार्मिक घटना साक्षी बनेको छ सिरहाटाइम्सका अध्यक्ष ओम प्रकाश यादवकी श्रीमतीको सन् २०२४ मा बिराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत यादवकी श्रीमती आकस्मिक रुपमा गम्भीर अवस्थामा पुगिन्। चिकित्सकले तुरुन्त रगत उपलब्ध गराउनुपर्ने अवस्था आयो। न त अस्पतालमा रगत थियो, न रक्तदान कर्ताको सम्पर्कमा पुग्न सक्ने अवस्था। त्यही बेला ओमप्रकाश यादवले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस राखेका थिए । तर त्यो सामाजिक संजाल फेसबुकमा राखेको स्टाटस देख्ने वित्तिकै सन्तोषले केही मिनेटमै बिराटनगरको स्थानीय सञ्जाल मार्फत आवश्यक रगतको व्यवस्था गरिदिए। त्यो रगतले ओम प्रकाशकी श्रीमतीको ज्यान जोगियो । आज पनि ओमप्रकाश भावुक हुँदै भन्छन्, “सन्तोषलाई म कहिल्यै बिर्सन सक्दिन।”

सन्तोष यादव ‘ब्लड फॉर नेपाल’ मार्फत देशका विभिन्न जिल्लामा रगत आवश्यक परेका बिरामीहरूलाई सेवा दिइरहेका छन्। रात होस् वा दिन, फोन उठाउने, मोटरसाइकलमा दौडिने, आफ्नै खर्चमा रक्त परीक्षण गरिदिने काममा उनी सधैं तयार हुन्छन्। ‘ब्लड फॉर नेपाल’ सञ्जालको पहलकदमीमा देशभरिका युवाहरू रगत संकलन र आपूर्तिको अभियानमा सक्रिय छन्, जसले अहिलेसम्म असंख्य जीवन जोगाउन सहयोग गरेको छ।

हाल ब्लड फॉर नेपालका अध्यक्ष सरोज कुमार महतो हुन् भने उपाध्यक्ष संतोष यादव हुन् । सिराहा जिल्लामा संस्थाको गतिविधि सञ्चालन तथा व्यवस्थापनमा रोबिन यादव सक्रिय रूपमा सहयोग गरिरहनुभएको छ भने सह-सहयोगीका रूपमा चन्द्रकान्त यादव पनि आबद्ध हुनुहुन्छ। सन्तोष भन्छन्, “एउटाले बाटो देखायो भने सयौं लाग्छन्। आफूले सक्ने सहयोग आज गरौं, भोलि अरूले गर्छ भन्ने प्रतीक्षा गर्नु हुन्न।” सन्तोष रक्तको अभावमा मात्र सीमित छैनन्। उनी ‘मिथिला सोसियल क्लब’ र अन्य क्लबहरूमार्फत सरसफाई कार्यक्रम, निःशुल्क खाना वितरण, निःशुल्क स्वास्थ्य शिविर, वृक्षरोपण जस्ता कार्यमार्फत पनि समाज सेवामा सक्रिय छन्। उनी आजको युवाहरूका लागि उदाहरणीय व्यक्तित्व बनेका छन्।

उनको त्यही भावना र समर्पणको कारण आज उनी युवाहरूमाझ रोल मोडेल बनेका छन्। स्कुल- कलेज, या कुनै अरू विशेष उपलक्ष्यमा हुने रक्तदान सम्बन्धी कार्यक्रममा उनी प्रमुख वक्ता, स्वयंसेवक र दाता तीनै बनेर पुग्ने गर्छन्। सन्तोष यादवजस्ता युवाको कर्म र सोच आजको समाजका लागि प्रेरणाको खानी हो। जहाँ सबैजना आफूका लागि दौडिरहेका छन्, त्यहाँ उनी अरूको लागि दौडिरहेका छन्।

यसर्थ, यिनै जस्ता युवा शक्ति हुन् जसले नयाँ समाज, न्यायपूर्ण समाज र मानवता प्रधान राष्ट्र निर्माणमा ठुलो भूमिका खेल्नेछन्। हामी सबैले यस्ता पात्रको सम्मान मात्र होइन, सहयोग र साथ दिनु आवश्यक छ। सन्तोष यादव जस्ता कर्मशील युवाहरूको यात्रामा साथ दिने हो भने कसैले पनि सहयोग बिना, ज्यान गुमाउनु नपर्ला भन्ने सधैं सन्देश दिन्छन् उनी। "जिन्दगी त आफ्नो हो, तर बचाउन पाइयो भने अर्काको पनि मूल्य छ" उनले व्यक्तिगत राय जाहेर गरेर हामी सबैलाई अमूल्य सन्देश दिएका छन्।

प्रतिक्रिया दिनुहोस

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

नवराजपुरमा रोजगार से ...

रहमुल लहान ३ असार। सिरहाको नवराजपुर गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा रोजगार रणनिति तर्जुम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१