रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यममा पठनपाठन भईरहेका विद्यालयका प्र.अ. र शिक्षकहरुलाई बिदाको दिन पारेर शैक्षिक गुणस्तर सुधार गर्नका लागि सिकाई आदानप्रदान, अन्तरक्रिया तथा शैक्षिक भ्रमणमा पठाएका छन।
उक्त दुई बिधालयका शिक्षक टिमहरु मोरङका पोखरीया मा.बि. बिराटनगर, सुनसरीका जनता मा.बि. ईटहरी र पब्लिक हाइस्कुल धरानको अवलोकन गरि सिकाइ आदानप्रदान गर्ने कार्यक्रम रहेको शिक्षकहरुको बिदाई गर्ने समयमा नगर प्रमुख महेश प्रसाद चौधरीले बताएका छन भने सम्पुर्ण शिक्षक टिमलाई मेयर चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले खादा ओढाइ स-सम्मान बिदाई गरेका छन।
हाल लहानका ल.ल.कु.मा.वि. र मा.वि. पडरिया थारुटोलमा अंग्रेजी माध्यममा शिक्षण भईरहेका छन् यस कार्यक्रम बाट नगरपालिकाले ठूलो सफलता हासिल गर्दै शिक्षा क्षेत्रमा निकै ठूलो फर्को मारेकोले यसैलाई मध्य नजर गर्दै अगामी दिनमा पालिका भित्रका ११ वटा आधारभूत विद्यालयमा यस्तै कार्यक्रम सञ्चालन गर्न कार्य अगाडि बढि सकेको मेयर चौधरीले बताएका छन।
लहान नगरपालिकाका अंग्रेजी माध्यममा पठनपाठन भईरहेका विद्यालयका प्र.अ. (प्रधानाध्यापक) र शिक्षकहरूलाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि सिकाई आदानप्रदान, अन्तरक्रिया तथा शैक्षिक भ्रमणमा पठाउनुका मुख्य कारणहरूको बारेमा संचारकर्मीहरु संग कुराकानी गर्दै मेयर चौधरीले लहान न.पा. देशकै ठूलो नगरपालिका रहेको र यहाँ आर्थिक स्थिति कमजोर रहेका नगरबासीको संख्या पनि धेरै रहेकोले गरीबको बालबालिकाको पनि गुणस्तर शिक्षा मिलोस भन्ने उद्देश्यले लहान नगरपालिका अगाडी बढेको बताए।
संचारकर्मीको अर्को जिज्ञासामा मेयर चौधरी भावुक हुँदै नगर बासीले मलाई नगर पिता भन्छन र म एउटा असल अभिभावकको भुमिका निर्वाह गर्दै म पदमा रहुन जेल हुने जति प्रयास गरीरहने छु र अहिले सम्म एक कक्षा एक कोठा र एक पंखा सहित भौतिक संरचना निर्माण गरिसकेको समेत बताएका छन भने गरीब बिद्यार्थीको लागी कपी पेन्सिल कटर लगायत बिद्यार्थीलाई चाहिने सामग्रीहरु ब्यबस्थापन गर्दै अगाडी बढिरहेको बताएका छन। प्र.अ. र शिक्षक भ्रमणको उपलब्धिको बारेमा अगाडी थप्दै मेयर चौधरीले शैक्षिक गुणस्तर सुधारका लागि नवीन ज्ञान र दृष्टिकोण प्राप्ति: अंग्रेजी माध्यममा पढाइ भइरहेका विद्यालयका शिक्षक तथा प्रअहरूलाई अन्य स्थानका सफल विद्यालयहरूको शिक्षण पद्धति, कक्षा व्यवस्थापन, पाठ योजनाको विकास, मूल्याङ्कन प्रणाली आदिका बारेमा सिक्न मौका मिल्छ। यसले उनीहरूलाई आफ्नै विद्यालयमा प्रभावकारी विधि अपनाउन प्रेरित गर्छ। सिकाइको आदानप्रदान र सहकार्यको विकास: शैक्षिक भ्रमण तथा अन्तरक्रियाले शिक्षकहरूबीच अनुभव सटासट, शिक्षण शैली आदानप्रदान, र साझा समाधानको खोजीमा सहयोग पुर्याउँछ। यसबाट शिक्षकमाझ सहयोगी भावना र साझा उत्तरदायित्व विकास हुन्छ।
शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि:नयाँ शैक्षिक दृष्टिकोण, प्रविधिको उपयोग, विद्यार्थी-केन्द्रित शिक्षण विधि आदिबारे प्रत्यक्ष अवलोकन र अनुभव गर्न पाउँदा शिक्षकहरू अझ आत्मविश्वासी र सक्षम बन्ने सम्भावना हुन्छ। यसले उनीहरूको व्यावसायिक विकासमा टेवा पुर्याउँछ। विद्यालय व्यवस्थापन र नेतृत्व क्षमताको सुदृढीकरण: प्रअहरूलाई अन्य उत्कृष्ट विद्यालयहरूको प्रशासनिक व्यवस्था, नेतृत्व शैली, नीति कार्यान्वयन आदि प्रत्यक्ष रूपमा बुझ्न मिल्दा उनीहरूले आफ्नै विद्यालयको शिक्षण तथा व्यवस्थापन प्रणाली सुधार्न सक्ने क्षमता विकास हुन्छ। विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव: शिक्षकको सीप, दृष्टिकोण, र प्रेरणा बढ्दा सोको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा पर्छ। शिक्षकहरू नवीन विधिहरू अपनाएर सिकाइलाई रमाइलो, अर्थपूर्ण र प्रभावकारी बनाउन सक्छन्।
शिक्षा नीतिको कार्यान्वयनमा सहयोग: शिक्षक र प्रअहरूले राष्ट्रिय शिक्षा नीति, पाठ्यक्रम विकास केन्द्र, स्थानीय पाठ्यक्रम र अंग्रेजी माध्यम शिक्षाको सम्बन्धमा स्पष्ट बुझाइ पाउँछन्, जसले नीति कार्यान्वयनलाई सहज बनाउँछ बुदागत रुपमा बताएका हुन।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic