कर्जन्हा नगरपालिका–१० र ११ मा उत्खनन अनुगमन : कानुनी प्रक्रिया र कागजी प्रमाण जाँचका लागि प्रस्ताव

  • फागुन ७, २०८१
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन ७ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१० र ११ मा भइरहेको उत्खनन कानुनसंगत छ वा छैन भन्ने विषयमा आज बिहान ६ बजेबाट जिल्ला समन्वय समिति सभापति दिनेश महतोको नेतृत्वमा अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको छ। अनुगमन टोलीमा कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ, इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी, सम्बन्धित वडाका वडाध्यक्ष सहभागी थिए। टोलीले उत्खननको अवस्थाबारे अध्ययन गर्दै यसमा कानुनी प्रक्रिया पूरा भएको छ/छैन भन्ने विषयमा जानकारी लिने प्रयास गर्यो ।

IMG_0833[1]

अनुगमनका क्रममा उत्खनन स्थलमा आवश्यक अनुमतिपत्र, कर तिर्ने प्रमाणपत्र तथा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) जस्ता आवश्यक कागजातहरूको अवलोकन गरियो। प्रारम्भिक अध्ययनपछि अनुगमन टोलीले थप कागजी प्रमाणहरूको पुष्टि गर्न सम्बन्धित पक्षलाई जिल्ला समन्वय समिति (जि.स.स.) कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। अनुगमन टोली बिहानैदेखि उत्खनन भइरहेको स्थानमा पुगेको थियो। टोलीले उत्खनन कार्य कुन हदसम्म भइरहेको छ, त्यसका लागि आवश्यक सरकारी अनुमति लिइएको छ कि छैन, वातावरणीय मापदण्ड पालना गरिएको छ कि छैन भन्ने विषयमा गहिरो अनुसन्धान गर्योइ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार केही उत्खनन व्यवसायीले अनुमति प्राप्त गरिसकेको भए पनि केही स्थानमा अवैध उत्खनन भइरहेको आशंका गरिएको छ । यसैकारण स्थानीय प्रशासनले अनुगमन गरेर आवश्यक प्रमाण जुटाउने कार्य अघि बढाएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीका अनुसार, "अनुगमनका क्रममा अवैध उत्खनन भेटिएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइनेछ । हामीले प्रारम्भिक रूपमा केही स्थानमा अनियमितता देखेका छौँ, तर थप अध्ययनपछि नै यसबारे ठोस निर्णय गरिनेछ।"

प्रतिक्रिया दिनुहोस

रास्वपा उम्मेदवार का ...

रंजित चौरसिया,वीरगंज २४ माघ। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नंबर २५ ...

सिरहा–२ मा समग्र विक ...

लहान माघ २४ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा समग्र विकास, सामाजिक न्याय तथा समृद्धिको एजे ...

ज्येष्ठको आशिर्वाद ल ...

लहान माघ २४ । सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१