शहीद रमेश महतो आधारभूत विद्यालयमा १६० जना गरिब बालबालिकालाई विद्यालय ब्याग वितरण

  • फागुन ७, २०८१
  • १०९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन ७ । शहीद रमेश महतो आधारभूत विद्यालयमा १६० जना गरिब बालबालिकालाई विद्यालयमा रेन्बो भोलेन्टियर क्लबद्वारा न्युलुकको जन्म दिनको अवसरमा ब्याग वितरण गरिएको छ। विद्यालय प्रांगणमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि (जि .स .स.) दिनेश महतो, विद्यालयका अध्यक्ष नन्दी लाल महतो, प्रधानाध्यापक उपेन्द्र महतो तथा दातृ संस्था रेन्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेलको उपस्थितिमा ब्याग वितरण गरिएको हो। कार्यक्रममा स्थानीय शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

School 44

विद्यालयका संस्थापक एवं जग्गादाता दिनेश महतोले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयलाई आफ्नो निजी जग्गा दान गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले भने, "यस विद्यालयको शिक्षण-सीखाइको स्तर उकास्न मेरो सधैं सहयोग रहनेछ। साथै, गरिब बालबालिकाको शिक्षामा टेवा पुर्‍याउने यस प्रकारका सामाजिक कार्य गर्नेलाई धन्यवाद दिन चाहन्छु। रेन्बो भोलेन्टियर क्लबको योगदान अतुलनीय छ।" विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यालय स्थापनाकालदेखि नै आफू यस संस्थासँग भावनात्मक रूपमा जोडिएको बताए। उनले भने, "विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो। विद्यालयमा विद्यार्थीहरूको चासो बढ्दै गएकोमा हामी उत्साहित छौँ।" उनले संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

IMG_0802

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सवनिय सभापति दिनेश महतोले विद्यालय शिक्षालाई प्रवर्द्धन गर्न आफू हरसम्भव सहयोग गर्न तत्पर रहेको बताए। उनले भने, "सामाजिक सहयोग र सहकार्यले मात्रै शैक्षिक विकास सम्भव छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन दिनेछ।" रेन्बो भोलेन्टियर क्लबका अध्यक्ष मदन पौडेलले गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए। उनले भने, "हाम्रो संस्थाले सधैं सामाजिक सेवामा योगदान गर्दै आएको छ। भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जानेछ।"

विद्यालयमा ब्याग प्राप्त गरेका विद्यार्थीहरू खुशी देखिन्थे। उनीहरूले विद्यालयका शिक्षक, रेन्बो भोलेन्टियर क्लब, र अन्य सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरे। कार्यक्रम समापनमा विद्यालय अध्यक्ष नन्दी लाल महतोले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक गतिविधिमा निरन्तर योगदान पुर्‍याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१