Siraha Times
ताजा समाचार

लहान नगरपालिका-२१ माधोपुरमा आगलागी, लाखौंको क्षति

  • फागुन १, २०८१
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन ०१। लहान नगरपालिका-२१ माधोपुर गाउँमा गएराति भएको भीषण आगलागीका कारण स्थानीय पवन यादव र अशेश्वर यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट लाखौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।

घटनाको जानकारी पाएपछि लहान नगरपालिकाका मेयर महेश चौधरी आफैं घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। आगलागी नियन्त्रणका लागि वारुण यन्त्र पुगे पनि बाटो अवरोधका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो। स्थानीयका अनुसार विभिन्न स्थानमा बाँस, काठ, ढुंगा राखेर बाटो रोकिएको अवस्थामा वारुण यन्त्र रोकिएको थियो, जसले आगो नियन्त्रण गर्न थप समस्या उत्पन्न गर्‍यो।

स्थानीय बासिन्दाहरूले घटनालाई शंकास्पद ठानेका छन्। केही स्थानीयले यो डकैतीको योजना बनाई आगलागी गराइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन गहिरो छानबिन आवश्यक रहेको उनीहरूको माग छ। नेपाल प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ। प्रहरीले आगलागीको कारण र सम्भावित संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारेको छ।

स्थानीय बासिन्दाहरूले घटनामा संलग्न व्यक्तिहरूलाई चाँडै पहिचान गरी कानूनी कारबाही गर्न माग गरेका छन्। यस घटनाले गाउँमा त्रासको माहोल सिर्जना गरेको छ भने प्रभावित परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन्। प्रहरी प्रशासन र स्थानीय निकायलाई छानबिनको दायरालाई तीव्र पार्दै दोषीमाथि कडा कानूनी कारबाही गर्न दबाब बढेको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१