Siraha Times
ताजा समाचार

प्र. नि. खत्रीको कडा एक्सन कृष्णनगर बाट लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ

  • फागुन १, २०८१
  • ७१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन ०१ ।  इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री आए देखि ने लागु औषध कारोबारी तथा सेवनकर्ता धमाधम पक्राउ परेका छन्। लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्न विशेष टोली नै खटाइएको जानकारी प्रहरी निरिक्षक सुरज खत्रीले दिए। 

प्रहरी निरिक्षक खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा चलाइएको बताए। जुन कृष्णनगरको इतिहासमा नै लागु औषध कारोबारी तथा सेवनकर्ता हरू यति धेरै पक्राउ परेको तथा लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ भएकाले समाज र युवा पीढ़ीका लागि कुलत बाट बच्न राम्रो पहल गर्दै आएका निरिक्षक खत्रीको प्रशंसा समेत समाजसेवी हरु खुलेरै गर्ने गर्छन्।

सोही क्रममा माघ २९ गते मंगलवार साझ ८:३० बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर वडा नं ३ ट्रान्समिटर भन्ने ठांउ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित मानिस पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले शंकाष्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत उत्तर प्रदेश जिल्ला बलरामपुर मदरहवा कला पोष्ट बिशनपुर टनटनवा भगगौर बस्ने वर्ष अंन्दाजी ३८ को पारस गौड्लाई रोकी चेकजाँच गर्दा निजको साथबाट ०२ (दुई) पुडिया लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ जसको शुद्ध तौल २७० (दुई सय सत्तरी) मिलिग्राम फेला पारेको थियो।

पारस गौड्लाई रित पुर्वक पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । निज पारस गौड् मिति २०८१।०२।२५ गते यस कार्यालयबाट चोरी मुद्वामा पक्राउ परी ३ महिना कैद भुक्तान गरी छुटेको समेत इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१