पोखरियामा पुनः निमित्तको जिम्मेवारी लिन भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले रकम असुली गर्दै

  • माघ २८, २०८१
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २८ माघ। पर्साको पोखरिया नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले असुली धन्दा अझै जारी नै राखेको गुनासोहरु बढदै गएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन पहिले पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज गर्न रोक लगाए पछि उनी पानी बिनाको माछा जस्तै छटपटाउन थालेका छन् ।

पोखरीया नगरपालिकामा काम गर्ने गरेका निर्माण व्यवसायी, सप्लायर्स, एनजिओहरुलाई कार्यदेश दिने बेला र भुक्तानी गर्ने बेलामा कमिशन लिने बानी बसालेका भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले अहिले जिम्मेवारी खोसिए पछि पुनः जिम्मेवारी पाउनका लागि रकमको तैयारी गरीरहेकाे समाचार स्रोतले जनाएको छ । सो नगरपालिकामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले बिगतको समयमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब रु. १५ लाख घुस दिई निमित्तको जिम्मेवारीमा टिक्दै सफल भएको स्रोतले जनाएको छ ।

हाल भ्रष्ट अधिकृत श्रीवास्तवले पुनः पोखरिया नगरपालिकामै निमित्तको जिम्मेवारी पाउनका लागि करिब २५ लाख रुपैया लाग्ने भन्दै केही निर्माण व्यवसायी, एनजिओ, सप्लार्यका सञ्चालकहरु सँग घुमी–घुमी रकम असुली गरिरहेको समाचार स्रोतको कथन रहेको छ । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीमै निमित्त प्रमुखहरुलाई हटाई भ्रष्टाचार कार्यलाई निरुत्साहित गर्ने प्रयास गरेपनि पर्साको पोखरिया नगरपालिकामा पुन: श्रीवास्तवलाई नै राख्ने लगभग पक्का भइसकेको स्रोतले जनाएको छ। पोखरियामा बसे वापत श्रीवास्तवले मन्त्रालयका अधिकारीहरुलाई २५ लाख रुपैयाँ दिने सहमति भएको ती स्रोतको भनाइ रहेकाे छ।

अधिकृत श्रीवास्तवले सो नगरपालिकामा निमित्तको कार्यभार सम्हाले देखि नै कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका छन् । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि अझ पनि थुप्रै भ्रष्टाचारका फाईलहरु माथि अनुसन्धान गर्न आवश्यक रहेको सचेत नगरवासीहरुको भनाई रहेको छ ।

भ्रष्ट अधिकृत श्रीवास्तव र उनका बिचौलियहरुले प्रति व्यक्ति २ देखि ३ लाख सम्म असुली दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती करिब ४ सय जनालाई बिना कुनै औचित्य नियुक्ती दिएका छन् । सयौं व्यक्तिहरुले रकम दिई नियुक्ती लिए पनि हालसम्म तलब नपाएकोमा अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरुलाई तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको स्रोतले जनाएको छ । घुसको रकम फिर्ता गर्नु पर्ने डरले अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरु सम्पर्कमा आउन नचाहेकोले पिडित व्यक्तिहरु थप पिडा भोगन बाध्य भएका छन् ।

भ्रष्ट अधिकृत श्रीवास्तव पोखरियामा आए देखि नगरपालिका पूर्ण रुपमा भ्रष्टाचारमा लिप्त भएकोले अब त्यस्ता व्यक्तिलाई पुनः निमित्तको जिम्मेवारी दिए मन्त्रालय र पोखरियाका जनप्रतिनिधिहरु विरुद्ध बाध्य भएर आन्दोलन गर्ने अन्य राजनीतिक दल तथा नगरवासीहरुको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

श्री लक्ष्मण ललिता क ...

रहमुल लहान, फागुन २७ । लहान नगरपालिका–३, रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१