Siraha Times
ताजा समाचार

मिटरव्याजी संघर्ष समितिको सहयोगमा ऋणी ओमप्रकाश भगत यादवले कब्जा गरेको जग्गामा तेस्रो व्यक्ति झन पिडित

  • पुस १४, २०८१
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १४ पुस सिरहाको वरियारपट्टी गाउँपालिका-१ कचनारीमा १० पुस‌मा मिटरव्याजी संघर्ष समितिको सहयोगमा ओम‌ प्रकाश भगत यादवले कब्जा गरेको जग्गामा तेस्रो व्यक्ति यसै पालिका-५ कजरा बस्ने अमिरका देवी यादव तेस्रो व्यक्ति पिडित भएको स्थलगत रिपोर्टीङ्ग‌मा देखिएको छ।

ऋण ओमप्रकाश यादवले आज भन्दा २० बर्ष अगाड़ी साहु यसै गा०पा०५ बस्ने संजिव यादव (मुन्ना) वाट रु २ लाख रूपैया छोरा विदेश पठाउन कर्जा २०७३ सालमा लिएको बताएका छन र कर्जा लिए वापत ऋणि यादवले साहु यादव लाई उक्त जग्गा डिस्ट्रीक बन्धक सहित ६ लाखको कपाली तमसुक पनि गरि दिएका स्वम ऋणि यादवले भिडियो मार्फत सार्वजनिक गरेका थिए । अनि उक्त कर्जाको सावा व्याज जोडेर ९ लाख हुँदा आफु ७ लाख वाडाअध्यक्ष सहित गाउँका भद्रभलादमीको रोहवरमा बुझाउन जादा साहु संजिवले रकम नबुझी आफ्ना आफन्तको नाममा सारी दिएको आरोप साहु संजीव यादव माथी लगाएको ऋणि यादव भिडियो मार्फत समेत सार्बजनिक गरीसकेका छन।

यता उक्त जग्गा २ कठ्ठा साढे १६ धुरको जग्गा धनि लालपुर्जा सहित अमिरका देवी यादवको छोरा संतोष यादव आज भन्दा लगभग ४ बर्ष अगाडी तेस्रो व्यक्ति अमेरिका देवी यादवको छोरा संतोष कुमार यादवले उक्त जग्गा रु २२ लाखमा किनेको दावी गरेका छन। हाल उक्त जग्गाको चलन चल्ती मुल्य करोड़ भन्दा माथी पुगेको स्थानीयहरु बताउछ। 

जब ओमप्र‌काश भगत यादवले सो जग्गा मिटर ब्याजी संघर्ष समितिको सहयोगमा कब्जा गरेपछि तेस्रो व्यक्ति अमेरिका देवी यादव र निजको छोरा संतोष कुमार यादव आफु झन पिडित भए‌को बताएका छन। तेस्रो पिडित संतोष यादवको अनुसार ऋणि यादवले जग्गा कब्जा गर्नु थियो भने पहिला नै गर्नु पर्ने थियो तर हाल आएर यो काम गरेको छ। वहाँ अगाडी थप्दै मैले सात कठ्ठा जग्गा बेचेर घड़ारीको लागी यो जग्गा किनेको थिए तर अहिले आएर विभिन्न मुदा जालझेलमा फसेको छु समेत बताएका हुन। 

अझ अगाडी थप्दै संतोषले झगड़ा त साहु संजीव यादव संग थियो रीनीको, लेनदेन त ती दुई जनाको बिचमा हुनु पर्नेमा म संग यो जालझेल किन? चार वटा मुदा पनि जितेको छु र जग्गा धनि लालपुर्जा पनि म संग छ मेरो यसमा के दोष छ त? म अव न्याय माँग्न कहाँ जाउँ भनेर समेत आफ्नो दुखेसो पोखेका हुन।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१