Siraha Times
ताजा समाचार

हड्फेको जग्गा मिटर ब्याजी संघर्ष समितिको सहयोगमा कब्जा

  • पुस ११, २०८१
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ११ पुस । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा न. १ कचानारिमा बुधवार हड्फेको जबर्जस्ति हड्फेको जग्गा मिटर ब्याजी संघर्ष समितिको सहयोगमा कब्जा गरेको छ । पछिल्लो समयमा लिएको ऋण तिरी सक्दा पनि आफ्नो जग्गा फिर्ता नगरेको बिरुद्धमा आफ्नो जग्गामा सुखभोग समेत गर्न नदिएपछि आज यस समितिको सहयोगमा आफ्नो जग्गा कब्जा गरिएको ओम प्रकाश भगत यादवले जानकारी दिए ।

मिटर ब्याजी संघर्ष समितिको सहयोगमा सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीको ओमप्रकाश भगत यादवले साहुमहाजनले बेचेको २ कठ्ठा साढे १६ धुर जग्गा गरे कब्जा।  २०७३ सालमा २ लाख रुपैयाँ दिपरंजन यादव भने ( मुन्ना ) संग लिएको र रकम बापतको सबा सहित पैसा रोहबर सहितमा ७००००० सात लाख रुपैयाँ दिन जादा नलिएको र जग्गा पनि अरुकै नाममा पास गरिदिएको बिरुद्धमा आज हामी यस जग्गामा कब्जा गरि घर बनाएको पिडित यादव बताउन्छन् ।

उता हामीले कसैको लिएको ऋण मास्दीन लिएको ऋण तिरी आफ्नो जमिन फिर्ता पाउनै पर्छ साहुले दिएको ऋण हामि सबा ब्याज सहित तिर्छौ नै भनेको छु तर कसैको सम्पति नै कहा हड्फिन पाइन्छ र मिटर ब्याजी संघर्स समितिका केन्दीय सदस्य पुनम कुमारी महतोले बताइन ।

दिएको ऋण बापत पैसा लिएर जमिन फिर्ता गर्नु नै पर्छ आखिर कुनै गरिब कसैसंग ऋण बापत आफ्ना सम्पति धितो राख्यो भने साहुले जफत नै गर्यो भने गरिब कहा जान्छ कहा बस्छ धितो बापत तमसुक पनि तेब्बरको बनाउने अनि जमिन पनि खोसिदिने के यो देसमा गरिबको बाच्ने अधिकार छैन के यो देशमा गरिब बस्नै नहुने मिटर ब्याज संघर्ष समितिका सदस्य अनिताले बताइन  ।

उता घटनामा साहु सन्जिब यादव बाट २२ लाखमा अमिरका देवी यादवले किनेको उक्त जग्गा आज कब्जा भए पछि झन पिडित बने अमिरका देवी यादवको छोरा सन्तोष यादव । आफुलाई केहि थाहा नै थिएन यस सम्बन्धमा झनझट छ भनेर मैले पनि ऋण खोजेर २२ लाखमा किनेको जग्गामा यस्तो भएको देख्दा मर्नु न बाच्नु भएको यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१