Siraha Times
ताजा समाचार

घर फिर्ता नभए घरपरिवारमा हुने नोक्सानीको सम्पूर्ण जिम्मेबारी बैंकले लिनुपर्छ

  • पुस १०, २०८१
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस १०। लहान वडा न २ बस्ने म ऋणी राम चन्द्र यादवले मिति २०७७/११/१५ गतेका दिन कृषि विकास बैंक लि. लहान शाखाबाट रु. ३०,०००,०००।- तिस लाख रुपैयाँ कर्जा भनि लिएकोमा उक्त कर्जा लिए बापत धरौटीको रुपमा जि.सिरहा गा.वि.स. सिंगराही मटियर्वा वडा नं. ५ को कि.न. ४६९ को ज.वि.०-०-७.२५ जग्गा राजमार्गमा छुने मुखभएको सो मा बनेको दुईतल्लों पक्कि घरमा जम्मा कोठा थान १२ समेत रहेको घरजग्गा सम्बन्धित मालपोत कार्यालयबाट रोक्का राखी दिएकोमा सो बैंकको नियमानुसार म राम चन्द्र यादवले व्याज रकम बुझाउँदै आएतापनि उक्त बैंकको के कुन नियमले मेरो उक्त जग्गा मिति २०८०।०६।२९ गते देखि डाक लिलामको सूचना निकाली पटक पटक बैंकका कर्मचारीले तपाईको जग्गा लिलाम गरिदिन्छौ भनि फोनमार्फत धाक धम्की दिदै आएतापनि म राम चन्द्र यादव ऋणीले उक्त बैंकको व्याज रु.१९९२७७३.०९ हाल सम्म बुझाईसके तापनि हाल मिति २०८१ साल कार्तिक महिनामा जग्गाको मूल्याङ्कन भन्दा कैयौं गुना कम गरी अर्थात जग्गाको मूल्याङ्कन १४५०००००।- एक करोड पैतालिस लाख र रु.५००००००/- पचास लाख रुपैयाँको घर गरी जम्मा रु. १९५०००००।- एक करोड पन्चानब्बे लाख रुपैयाँ हुनेमा उक्त डाक लिलामी रु ३५०००००।- पैतिस लाख रुपैयाँमा गरी जिल्ला सुन्सरी गा.पा. भोकराहा वडा नं. ३ बस्ने वर्ष ४६ की तारा कु‌मारी रौनियारको नाममा रजिष्ट्रेसन पास गरि दिएको हो । उक्त जग्गा कौरीको दर रेटमा बैंकले लिलाम गरी म ऋणी राम चन्द्र यादवलाई सडकमा ल्याउने योजना बनाएको वा विवस भई आत्म हत्या गरिहालोस भनि सोचका साथ जग्गा लिलाम गरेको हुँदा उक्त उल्लेखित जग्गा जति दर रेटमा लिलाम गरेको हो म ऋणी आफै उक्त रकम तिरि बुझाई दिनेछु उक्त जग्गा बैंकले मलाई फिर्ता गरिदियोस नगरेमा मेरो घरपरिवारमा हुने नोक्सानीको सम्पूर्ण जिम्मेबारी बैंक नै हुने छः भनि यो ज्ञापन मार्फत हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१