Siraha Times
ताजा समाचार

Nepal Premier league (NPL) क्रिकेटको फाइनल खेल समाप्ति पश्चात अभद्र व्यवहार गर्ने मानिसहरु नियन्त्रणमा

  • पुस ८, २०८१
  • ६१३ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान ८ पुस । जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित त्रि.वि. क्रिकेट ग्राउण्डमा नेपाल क्रिकेट संघको आयोजनामा नेपाल प्रिमियर लिगको जनकपुर बोल्टस र सुदुरपश्‍चिम रोयल बीचको फाइनल खेल समाप्ति पश्चात केहि व्यक्तिहरुले अपमान जनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भभाव बिगार्न खोज्ने तथा बिभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा संचार माध्यम मार्फत र पिडीतहरुको जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा घट्नामा संलग्न निम्न मानिसहरुलाई मिति २०८१।०९।०७ गते १९:०० बजेको समयमा नियन्त्रणमा लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको । निम्नः- क)नियन्त्रणमा लिइएका मानिसहरु:- १. जि. डोटी आदर्श गा.पा. वडा नं ०२ घर भई हाल का.जि. कीर्तिपुर न.पा. ०८ पाँगा बस्ने वर्ष २१ को अशोक साउद । २.जि. डोटी दिपायल सिलगढी न.पा. ०१ घर भई हाल का.जि. कीर्तिपुर न.पा. ०७ भाजङगल बस्ने बर्ष १९ को गणेश साउद ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१