सशस्त्र प्रहरी उपरीक्षक धिमालले गरे घुमुवा परिचालन, घुमुवाकै माध्यमले आर्थिक संकलन

  • मंसिर ४, २०८१
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ४ मंसिर। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले संगठनकै नीति निर्देशनलाई लत्याउदै घुमुवा परिचालन गरेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनले घुमुवाहरुलाई परिचालन नगर्न निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक धिमालले संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै घुमुवा परिचालन गरेको पाइएको हो ।

सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले आर्थिक चलखेलका लागि घुमुवा नै खटाई रकम उठाउने तर्फ अग्रसर भएको घुमुवा आतंकले प्रस्ट पारेको छ । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सशस्त्र प्रहरी जवान रामराज यादवको नेतृत्वमा चार जनाको घुमुवा टोली परिचालन गरेको पाइएको हो । तस्कर संगठन संग मासिक रकम उठाउनको निम्ति घुमुवा परिचालन गरेको बजारमा व्यापक चर्चाको बिषय बनेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल माथि राजनीतिका उच्च आवधा अर्थात सांसदसम्मको छत्रछाया पाए पश्चात संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै घुमुवा परिचालन गरेको बताइन्छ । त्यति मात्र नभई पर्साको अमरपटी नाकाबाट तस्करी धन्दा सुचारु गर्न एक जना राजनीतिकर्मीले दवाव र आर्थिक मोह दिएपछि आर्थिक मोहमा परेका सशस्त्र प्रहरी उपरीक्षक धिमाल संगठनको नीति निर्देशन विपरीत घुमुवा परिचालन गर्नुको साथै तस्करी धन्दालाई उच्च प्राथमिक्तामा राख्दै तस्करीको कार्य सुचारु गर्न लगाएको आरोप लाग्न थालेको छ ।

पर्सा जिल्लाको बिभिन्न नाका अर्थात अमरपटीबाट कस्मेटिक,चल्ला, भिखमपुर नाकाबाट भैसी, आसवारीबाट चल्ला, बन्जारीबाट केराउ, काजु, मरिच, कपडा र चाइनिज स्याउ, श्रीसियाबाट कपडा, काजुको लाइन दिइएको खुल्न आएको छ । सशस्त्र प्रहरी उपरीक्षक धिमालकै निर्देशन र दवाबका कारण तस्करीको लाइन खोलिएको एक सशस्त्र प्रहरी श्रोतले नै बताउछन । उनका अनुसार सशस्त्र प्रहरी उपरीक्षककै आदेशमा तस्करीको लाइन खुल्ला हुने गरेको कारण सानो दर्जाले तस्करीको लाइन बन्द गर्न नसक्ने अवस्था रहेको स्विकार्छन ।

सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले चोरी तस्करीका साथै हुने गरेको अवैध कृयाकलाप रोकथामका लागि इमान्दार प्रहरी भनाउदाहरुलाई सीमा नाकामा पठाउने गरेका छन । तर सीमामा आउने सशस्त्र प्रहरी उपरीक्षकले समेत जो जोगि आएनि कानै चिरेको भनाइबाट अछुतो नहुने गरेको काम कारवाहीबाट प्रस्ट हुन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठनलाई जनताको बिश्वासिलो संगठनको रुपमा रुपान्तरण गर्न आईजीपि अर्याल लागेपनि केहि कर्मचारीहरुको आर्थिक मोहका कारण विश्वासिलो संगठनको रुपमा रुपान्तरण गर्न नसकिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

दाँत एवम् मुख रोग सम ...

कृष्णनगर, कपिलवस्तु , मंसिर २१  । कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्ध ...

नेपाली कांग्रेस सिरह ...

लहान, २१ मंसिर। आगामी २१ फागुनमा हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स ...

हिमालयन विद्या निकेत ...

ओम प्रकाश यादव लहान, मंसिर २० । लहान–६ स्थित हिमालयन विद्या निकेतन (Himalayan Vidya Niketan) ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१