Siraha Times
ताजा समाचार

भिश्वाबाट तस्करीको लाइन

  • कार्तिक १९, २०८१
  • ७५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज कार्तिक १९ । पर्साकाे भिश्वा नाकाबाट तस्करीको लाइन शुरू भएको छ । तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् । केही महिना देखि भिश्वाबाट तस्करी राेकिएकाेे भए पनि फेरि शुरू भएको छ। सशस्त्र प्रहरी बलले तस्करीकाे लाइन दिएको छ ।

काराेवारी रामु जैसवालले फेयर एण्ड लभ्ली लगायतका कस्मेटिक सामान , चुरोट , लसुन लगायतका सामानको तस्करी गर्दै आएका छन् । त्यसैगरी भारतीय सिक्टा घर भएका राजकुमार र बिकास साहले काजु र सुर्तीजन्य सामानको ठूलो तस्करीकाे लाइन पाएका छन । अहिले यो नाकाबाट ठूलो तस्करीकाे काम चलेको छ। सशस्त्र प्रहरीकाे स्थानीय भिश्वा बिअाेपी प्रमुखमा निरीक्षक मीन भट्टराई रहेका छन् भने सशस्त्रको थकरी गुल्ममा डिएसपी द्राेर्ण प्रसाद ढकाल कार्यरत छन् । 

अचम्मको कुरा के छ भने , भिश्वाबाट थकरी गुल्म ७ किलोमिटरकाे दुरीमा रहेको छ । तर थकरी गुल्मका डिएसपी ढकाल बिहानैदेखि बेलुकी सम्म भिश्वा बजारमा तस्कर देखि व्यापारीसंग भेटघाटमा नै देखिन्छन् । यस सम्बन्धमा उनलाई जिज्ञासा राख्दा आंफुलाई उता बस्न मन नलाग्ने र सबै भिश्वा आउने गरेको बताए । तस्करीकाे लाइन पाउने रामु जैसवाल चर्चित काराेबारी किशोर जैसवालका भतिजो हुन । किशोर जैसवालले पछिल्लो समय कहिले धनुषा र नवलपरासीका नाकाबाट तस्करी धन्दा ठूलो मात्रामा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१