ताजा समाचार

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनेपछि मधेसी जनतामा आशा पलाए : मुख्यमन्त्री सिंह

  • कार्तिक १२, २०८१
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक १२ लहान । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् । मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको उनले बताए । मुख्यमन्त्री सिंहले भने, 'संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् । 

अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ । विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,' कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ।'

मुख्यमन्त्री सिंहले संघ सरकार र उसका मातहतका कर्मचारी संयन्त्रको असहयोगका बाबजुदपनि प्रदेश सरकारले ती चुनौतीलाई चिर्दै मधेसको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिरपनि गरे। युवाको विदेश पलायन रोक्न प्रदेश सरकारले मधेसमै रोजगारी र अवसरको सृजना गर्न कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए । मधेस सरकारले वीरगन्जमा आइटी पार्क, माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै उनले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।

कार्यक्रममा विभिन्न दलका गरि ६ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु हरिहर साह कानु, सिमा गुप्ता र श्याम गुप्ता, जिल्ला अध्यक्ष सर्राफ, नेतृ रम्भा मिश्रा, नेता सुनिल मुखिया लगायतलेपनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤