कर्जन्हा सिरहा क्षेत्र नं. ४ कर्जन्हा नगरपालीका जसपा नेपाल कर्जन्हा नगर समितिद्वारा आयोजित जनतासंग जसपा, नेपाल ः आधारभूत संगठन निर्माण अभियान अन्तर्गत नगरस्तरीय अभिमुखिकरण कार्यक्रम नगर अध्यक्ष केशव प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रम उदघाटन प्रमुख वक्ता जसपा नेपाल केन्द्रिय कार्यकारिणी सदस्य अशेश्वर यादवले गर्नुभएको थियो साथै कार्यक्रममा वोल्दै यादवले अन्य पार्टि भन्दा जसपानेपाल किन र कसरी अग्रगमन भएको औचित्यमाथि प्रष्ट पार्नु भयो । राज्य सत्ताले जहिले पनि मधेशी आदिवासि जनजाती लगायत पिछडिएका समसुदायहरुकोे आवाज उठाउँदै आएको जसपा नेपाललाई कमजोर वनाउने निति रहेको र त्यसैको जवाफ जहिले पनि जनताले दिरहेकोले अझ सशक्त रुपमा व्यालेट वाट दिनु पर्ने वताउनु भयो ।
कार्यक्रमको विषय प्रवेश र एजेन्डा माथि जसपा नेपाल कर्जन्हा नगरपालीका जनता संग जसपा नेपाल कार्यक्रमका अभियन्ता जसपा नेपाल केन्द्रिय सदस्य चन्देश्वर पासमानले पार्टि सरकारमा रहँदा र मधेश जन विद्रोह वाट भएका उपलव्धीहरुको वारेमा चर्चा परिचर्चा व्यापक रुपमा जनस्तर सम्म गर्नु पर्ने लगायतका अभियानको अन्य कार्यक्रमको वारेमा प्रष्ट्याउनु भएको थियो ।
उक्त कार्यक्रममा अन्य विशिष्ट वक्ता केन्द्रिय सचिव सुरेश मण्डल जिल्ला अध्यक्ष अशोक यादव, प्रदेश कार्यकारिणी सदस्य रेणू यादव, जिल्ला उपाध्यक्ष शोभित पासमान जिल्ला कार्यकारिणी प्रभात सिंह जिल्ला सदस्य देव सिंह दनुवार प्रेस मंच मधेश प्रदेश अध्यक्ष अभरेन्द्रकुमार यादव, विद्यार्थि केन्द्रिय उपाध्यक्ष चिरञ्जीवि यादव, युवा नेता रामदयाल यादव, कर्जन्हा नपा कार्यपालिका सदस्य सुरेखा पसामान जिल्ला युवा कोषाध्यक्ष पुरन यादव लगायत जिल्ला नेता कार्यकर्ता स्थानीय नेता कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा जसपा नेपाल निर्वाचित वडा सदस्य तारा साहले मन्तव्य राख्दै सम्पुर्ण सहभागिलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी अन्य वक्ताहरुले पेडा पसलझै जसपा नेपालको नाम गरेका अन्य अवसर वदीहरुले पार्टि खोलेर नाफा नोक्सानको राजनीति गर्दै हिडेको र त्यलाई समयमानै यस क्षेत्रका जनताहरुले लखेट्न शुरु गरि सकेकोले आउने दिनमा अझ सशक्तरुपमा प्रतिकार गरी मत वेचेको कारण सहित लखेट्ने भनी जनता र नेताहरुको सामुहिक आवाज रहेको युवा नेता जितेन्द्र यादवले वताउनु भयो ।
कार्यक्रममा कर्जनहा नगरपालीका अन्र्तगतका ११ वटै वडावाट नेता कार्यकर्ताहरुको उपस्थिती रहेको र सम्पुर्ण प्रतिनिधिहरुले आ आफ्नो वडाहरुको वारेमा वस्तु गत स्थिती जानकारि गराएको कार्यक्रम संचालक कर्जन्हा नगरालीका उपमेयर तथा समाजवादी महिला संगठन मधेश प्रदेश सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम अध्यक्ष साहले कर्जन्हा नगरालीका स्तरीय कार्यक्रममा उत्साह जनक उपस्थिीले यस पालीकाको नेता कार्यकर्ताहरुको मनोवल उच्च वनाएकोले आउँदो दिनमा संगठन अझ सुदृढ गर्दै लैजाने र प्रत्येक वडा स्तरीय कार्यक्रम वनाई प्रत्येक जनताको घरदैलोमा पुग्ने भन्दै केहि लोभि पापीहरु संगठन वाट वाहिरिदैमा जसपा नेपाललाई कुनै असर नपर्ने भन्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic