Siraha Times
ताजा समाचार

वीरगंज भन्सार कर्मचारीहरुको लुटतन्त्र कायमै, कार्यालय प्रमुख मौन

  • असोज १७, २०८१
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज १७ असोज। मुलुकलाई सबै भन्दा बढी राजस्व उठाएर दिने गरेको वीरगंज भन्सार कार्यालय, हाल कर्मचारीहरुकै कारण दिनप्रति दिन राजस्वमा कमि हुने गरेको घटना बाहिरिन थालेको छ । वीरगंज भन्सार कर्मचारीहरु सीमामा खटिने प्रहरीहरुको कमजोरी देखाउदै राजस्वमा कमि भएको आरोप लगाउदै आएको तर हाल वीरगंज भन्सार कर्मचारीहरुकै कारण राजस्वमा समेत कमि हुने गरेको घटना बाहिरिन थालेको हो । वीरगंज भन्सार कार्यालयको यात्रु शाखामा खटिने कर्मचारीहरुकै कारण केहि हदसम्म राजस्वमा कमि आएको पुष्टि भएको छ ।

यात्रु शाखाका कर्मचारीहरु मध्ये जितेन्द्र पटेल नामक करारका कर्मचारीले भारतीय सवारी साधन नै नदेखि अस्थायी पास दिने गरेको एक भिडियो क्लिपबाट खुलेको छ । भारतबाट नेपाल आउने सवारी साधनबाट गैर कानुनी तरिकाले पच्चासदेखि सय रुपैयासम्म लिने गरेको मात्र देखिदैन, उनले नेपालमै स्थायी रुपले राखिने गरिएको भारतीय सवारी साधनबाट मासिक रुपमै महिनवारी स्वरुप लिने गरेको उक्त भिडियो क्लिपबाट प्रस्ट हुन्छ । यस अनलाइनले प्राप्त गरेको भिडियो क्लिपमा करारका कर्मचारी जितेन्द्र पटेलले मासिक रुपमा पच्चिस सय रुपैया बुझाउनु पर्ने भनेका छन ।

उनले अस्थायी पास चाहिएको बेला कसैलाई पनि पठाएर पास लिन सकिने बताएका छन । उनले आफ्नो फाट अर्थात शाखामा रहेका कर्मचारी आफ्नो प्यानलको रहेका कारण फरक नपर्ने र अधिकृत समेतलाई मिलाइएको कारण समाचार आएपनि फरक नपर्ने बताएका छन । उनले भनेका छन, पच्चिस सय रुपैया अनिवार्य रुपले बुझाउनु पर्छ । यता यस बिषयमा वीरगंज भन्सार कार्यालयका अधिकृत राम पाठकले अडियो क्लिपलाई अदालतले समेत नमान्ने भएकोले आफुहरु समेत मान्न नसकिने बताएका छन । वीरगंज भन्सार कार्यालयको यात्रु शाखाका कर्मचारीहरुले गरिरहेको काला कतुर्तको बिषयमा अर्थ मन्त्रालय समेत जानकार हुदा हुदै किन चुप्पी साधेको बिषयमा प्रश्ण उठन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१