Siraha Times
ताजा समाचार

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद

  • असोज ३, २०८१
  • १३६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज ०३ । पश्चिम नवलपरासी सशस्त्र प्रहरीले प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ । नवलपरासी खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित धान खेतको बाटो भएर टाउकोमा राखी भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएकाे गाडी मोबाइल टोलीले विस्फोटक पदार्थ पटाका नियन्त्रणमा लिन सफल भएको हो । उक्त पटाका ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिएको पटाकालाई नेपाल प्रहरी,भन्सार कार्यालय , जनप्रतिनिधि , पत्रकार र स्थानीयहरूको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरको परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१