ताजा समाचार

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद

  • असोज ३, २०८१
  • १४२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज ०३ । पश्चिम नवलपरासी सशस्त्र प्रहरीले प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ । नवलपरासी खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थित धान खेतको बाटो भएर टाउकोमा राखी भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएकाे गाडी मोबाइल टोलीले विस्फोटक पदार्थ पटाका नियन्त्रणमा लिन सफल भएको हो । उक्त पटाका ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिएको पटाकालाई नेपाल प्रहरी,भन्सार कार्यालय , जनप्रतिनिधि , पत्रकार र स्थानीयहरूको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरको परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤