काजु तस्करीमा प्रहरी कै सहयोग, ड्राइपोर्ट नाकाबाट खुल्याम काजु तस्करी

  • भदौ १०, २०८१
  • ६४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज १० भाद्र । पर्साको सीमावर्ती क्षेत्रबाट प्रहरी कै अगाडीबाट खुल्याम काजु र कपडाको तस्करी हुने गरेको पाइन्छ । पर्साको ड्राइपोर्ट क्षेत्रबाट तस्करहरूले प्रहरीकै अगाडीबाट दिन दहाडै काजु र कपडाको तस्करी हुने गरेको पाइएको हो । बीरगंजको श्रीसिया भन्सार अगाडी रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेक पोस्ट अगाडीबाटै तस्करी हुने गरेको पाइन्छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखले सीमा नाकाहरूमा निगरानी बढाउने र चोरी तस्करी नियन्त्रण गर्न आदेश गरेपनी तस्कर सम्राज्यले खुल्याम प्रहरी कै अगाडि चोरी तस्करी गर्न सफल हुने गरेको पाइन्छ ।

आइतवार दिउँसो करिब ५ बजेको समयमा बोर्डर आउट पोस्ट ड्राइपोर्टका प्रमुख बिपिन खन्नाल आफै सीमा नाकामा बसि ३ जना ठुला तस्करको काजु नेपाल भित्रयाएको स्थानीयहरू बताउछन । स्थानीय एक पसल संचालकका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त टोलि चेकजाच गरिरहेका थिए, तर एकाएक सशस्त्र प्रहरी निरीक्षक खन्नाल आए पश्चात् तस्करहरूको लस्करै लागेको, उनले बताए । श्रीसिया भन्सार नाका हुँदै अकाश, पशुपती, मुनिलाल, रम्भु भन्ने तस्करले तस्करीको लाइन पाएको प्रहरी श्रोत नै दाबी गर्छन । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक बिपिन खन्नालले माथिल्लो निकायसम्मै जिम्मा लिए पश्चात् तस्करी कार्य रोक्न नसकिएको बताए । सशस्त्र प्रहरी निरीक्षक खन्नाल आर्थिक प्रलोभनमै परेको कारण सशस्त्र प्रहरी संगठनमै उच्च अवधा अर्थात एसपी लगायत डिआइजीसम्मको नाम बदनाम हुने गरेको, उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

लहानमा क्यान्सर सेवा ...

सिरहाटाइम्स लहान चैत १६। सिरहाको लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा अब क्यान्सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१