Siraha Times
ताजा समाचार

बलिरामपुर नाका कपडा तस्करीको हब बन्दै, प्रहरी प्रशासन रकममा लिप्त

  • भदौ ८, २०८१
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  बारा ८ भदौ ।बाराको बलिरामपुर नाका हालको समयमा कपडा तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ । तस्करहरूले स्थानीय प्रहरीदेखि प्रदेश प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि बलिरामपुर नाका हबमै परिणत हुन पुगेको हो ।बाराको नामूद तस्करको रूपमा चिनिने सुरेन्द्र नामकले नाम परिवर्तन गरि तस्करी कार्यलाइ तिब्रता दिएको बुझिएको छ । सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिलाइ मासिक लाखौ रूपैया नजराना बुझाए पश्चात् मात्र गत बिहिवारदेखी तस्करी कार्य सुचारू गरेको पाइएको हो । भारतको रक्सौलबाट शहदेवा महदेवा नाकामा पिकअपकै माध्यमले ल्याएर भन्डारण गर्ने र रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको श्रोतले जनाएको छ ।

बाराको बलिरामपुर नाकाबाट अबैध तरिकाले नेपाल भित्रयाइएको कपडा प्रहरीकै निगरानीमा बिरगंज स्थित ट्रान्सपोर्टसम्म पुग्ने गरेको श्रोतले दाबी गरेको छ । बिहिवार राती करिब १२ बजे तिर बलिरामपुरको नहर सडक हुँदै नेपाल भित्रयाइ पर्साको प्रहरी चौकी नगवाको सहयोगमा एक ट्रान्सपोर्टसम्म पुर्याइएको प्रहरी श्रोतले नै जनाएको छ । तस्करीको समयमा प्रहरीले लाइन क्लियर गरे पश्चात् मात्र तस्करीको मालसमान ट्रान्सपोर्टसम्म पुर्याइएको श्रोतको दाबी रहेको छ । बारा जिल्लाको स्थानीय युनिट सङ्गै जिल्लासम्म मासिक नजराना बुझाइ सकिएकै कारण तस्करीको मालसमान रोक्न नसकिएको स्थानीय प्रहरी श्रोतले जनाएको छ । उनका अनुसार जिल्लाबाटै आदेश आए पश्चात् तस्करी कार्य सुचारू पनि गरिएको थपे । उनका अनुसार बलिरामपुर नाकाबाट मुन्ना, शेखावत लगायत दर्जनौ तस्करहरू कपडा तस्करी गर्न सकृय रहेको समेत स्विकार गरे ।

अबैध तरिकाले नेपाल भित्रिएको कपडा ट्रान्सपोर्टकै माध्यमले मुलूकको विभिन्न ठाउहरूमा पुर्याउने गरेको बताइन्छ । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१