अलौ नाका बन्यो तस्कारीको ट्रान्जिट प्वाइन्ट स्थानीय प्रहरी प्रशासन रकममा लिप्त

  • साउन ३०, २०८१
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज ३० साउन । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ नाकाबाट खुल्याम भैंसी तस्करी भइरहेपनी स्थानीय प्रहरी प्रशासन मौन नै धारण गरेका छन । स्थानीय कुख्यात तस्कर बैझनाथले गर्दै आएको भैंसी तस्करी कार्यको बिषयमा एक भिडियोले प्रमानित गरेको हो ।

अलौ नाकाको कोनिया नाका हुँदै भैंसी तस्करी भइरहेपनी स्थानीय प्रहरी रकममै लिप्त हुने गरेको उजागर भएको भिडियो क्लिपबाट प्रष्ट हुन्छ । कोनिया नाकाबाट दिन दहाडै हुने गरेको तस्करी बापत लाखौ रूपैया स्थानीय प्रहरी लिए पश्चात् मौन नै धारण गरेको पाइन्छ । प्रहरी चौकी ड्राइपोर्ट, बोर्डर आउट पोस्ट अलौका साथै वडा प्रहरी कार्यालय श्रीपुरको समेत मिलोमतो रहेको पाइन्छ ।

कोनिया नाकाबाट भैंसी तस्करी गर्ने बैझनाथ भनिने तस्करले स्थानिय प्रहरीका घुमुवाहरूलाइ मासिक रूपमा लाखौ रूपैया रकम दिने गरेको प्रहरी श्रोत नै बताउछन । श्रोतका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिने प्रहरी सुशील पटेल , प्रहरी चौकी ड्राइपोर्टका प्रमुख प्रहरी नायव निरीक्षक सुनिल पनेरु र घुमुवा सागर यादव र बोर्डर आउट पोस्ट अलौलाई लाखौ रूपैया नजराना बुझाउदै महिनौदेखी भैंसी तस्करी गर्ने गरेको बताउछन ।

अलौ नाकाबाट भैंसी तस्करी मात्र नभइ काजुको कुख्यात तस्कर जटाधारीले आफ्नो अबैध धन्दालाइ सुचारू गर्न सफल भएका छन । तस्करहरूका लागि तस्करी गर्न हालको समयमा अलौ नाका ट्रान्जिटको रूपमा मानिन थालिएको छ । अलौ नाकामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई न त माथिल्लो निकायकै डर छ न त कुनै पत्रकारकै । कारण हो, तस्करीको कामको सेन्डिगेट पत्रकार भनाउदाहरू नै मिलाउने गर्दछन ।

केही स्थानीय पत्रकार भनाउदाहरू तस्करहरूमै भाग बन्डा लगाएको कुरा बाहिरिएको छ । एक जना स्थानीय पत्रकारका अनुसार तस्करी गर्ने गिरोहहरूमै पार्टनरसिपमा बसि तस्करी गर्दै आएको, उनले दाबी गरे । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्सा लगायत प्रदेश प्रहरी कार्यालय सङ्गै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण सङ्गै बाहिनिपतीको समेत ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

लहानमा क्यान्सर सेवा ...

सिरहाटाइम्स लहान चैत १६। सिरहाको लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा अब क्यान्सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१