पोखरिया अधिकृत श्रीवास्तवको निर्देशनमा सामाजिक विकासको कार्यक्रम ५० प्रतिशतमा विक्रि हुदै

  • जेठ ९, २०८१
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ९ जेष्ठ। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र लेखा प्रमुख मन्दिप महतोले भ्रष्टाचार सँगै रासलिला काण्डमा ब्रेक नलगाए पछि प्रायः कर्मचारी, जनप्रतिनिधि र सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् । 

निमित्त अधिकृत श्रीवास्तवले नगरपालिकाको कार्यभार सम्हाले देखि भ्रष्टाचारजन्य कार्यलाई बढावा दिदै सो भ्रष्टाचारको रकमबाट मातेपछि पछिल्लो समयमा आएर रासलिला काण्ड मच्चाउन थालेको आरोप लाग्दै आएको छ भने लेखा प्रमुख महतोको आफ्नो पारिवारिक सहितका निजि कोठा राधेमाईमा भए पनि उनी पनि भ्रष्टाचारको रकमबाट मात्तिदै अन्य तीन ठाउँमा पनि रासलिला, रसरंग मच्चाउनैका लागि फ्ल्याट लिएको समाचार स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकालाई घिनाउने कार्यमा संलग्न रहेका निमित्त अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको कर्मकाण्डले नगरपालिका थप बदनाम हुदै गईरहेको पोखरियावासीहरुले आरोप लगाउदै आएका छन् ।

निमित्त अधिकृत श्रीवास्तवको पोखरा भ्रमण र लेखा प्रमुख महतोको बुवाआमाले कार्यालयमै गएर मेयर प्रद्युमन चौहानलाई आफ्नो छोरालाई सुधार दिनुस अनुयय बिनय गरेको घटना हालसम्म ताजै रहेपनि श्रीवास्तव र महतोले आफ्नो कर्मकाण्डमा केही पनि सुधार नल्याएको एक जनप्रतिनिधिको आरोप रहेको छ । लेखा प्रमुख महतोले कार्यालयमा रहेका पार्टनरको अलावा एक जना पटेल, तेली र यादव थरकालाई पनि पार्टनर बनाउन सफल व्यक्तिको रुपमा चिनिने गरिएको ती जनप्रतिनिधिले बताए ।

निमित्त अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको मिलोमतोमा जिन्सी प्रमुख मनोज साहको संलग्नतामा जिन्सीका सामानैहरु नल्याई बिल मात्र प्रयोग गरी लाखौंको भुक्तानी गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्यालयको जिन्सीका भ्रष्टाचार देखि लिएर साँझ पखको रक्सी खानेसम्मको पार्टनर रहेका निमित्त प्रमुख श्रीवास्तव र जिन्सी प्रमुख मनोज साहलाई जडयाहाँ भनेर चिनिने गरिएको बताईन्छ ।

भौतिक पूर्वाधार निर्माणको कार्यमा २० प्रतिशत र सामाजिक विकास तथा लक्षित वर्गको कार्यमा ३० प्रतिशत आन्तरिक कमिशन लिदै आएका अधिकृत श्रीवास्तवले अषाढ मसान्त नजिकन लाग्दा उनी आफ्ना दर रेटमा बढोत्तरी गरी २० प्रतिशतको ठाउँमा ३० प्रतिशत र ३० प्रतिशतको ठाउँमा ५० प्रतिशत लिने गरेको भुक्तभोगीहरु बताउंदछन् । हाल पोखरिया नगरपालिकाको विभिन्न वडामा तालिम नै सञ्चालन भईराखेको अवस्था छ भने सोमबार देखि विभिन्न वडामा सडक नाटक पनि प्रदर्शन गरिदै आएको बताईन्छ । 

बालुवामा पानी पटाए सरह भ्रष्ट अधिकृत श्रीवास्तवले कमिशनकै कारण तालिमलाई नै प्राथमिक्ता दिई राखेको स्थानियको आरोप रहेको छ । सामाजिक विकासको कार्यमा निमित्त अधिकृत प्रायः आफै कमिशन लिने गरेको भए पनि कतिपय ठाउँमा सामाजिक विकास प्रमुख बाल्मिकी साह मार्फत असुली गराईरहेको स्रोतको भनाई रहेको छ । 

निमित्त प्रमुख श्रीवास्तवको निर्देशनमा विभिन्न गैर सरकारी संस्था (एनजीओ) सँग सेटिङ्ग मिलाई कार्यक्रम विक्री गर्नमा माहिर मानिएका सामाजिक विकास प्रमुख बाल्मिकी साहले ५० प्रतिशत कमिशनमा एउटै व्यक्तिलाई कैयौं कार्यक्रम दिदै कतिपय ठाउँमा आफ्ै र कतिपय ठाउँमा श्रीवास्तवले असुली धन्दाको आतंक मच्चाउदै आएकोमा पोखरियाका बुद्धिजिवीहरु आश्चर्य चकित भएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहा सदरमुकाममा सहु ...

ओम प्रकाश यादव लहान , मंसिर २४ । जिसस प्रमुख दिनेश कुमार महतो ज्यूको विशेष उपस्थितिमा सिरहाको सदरमुक ...

लाहान ११ पडरिया वैठा ...

ओम प्रकाश यादव लहान, मंसिर २३ । लहान नगरपालिका वडा न. ११ पडरिया स्थित वैठार चौकमा स्थानीय कृषि हाट ब ...

‘लैङ्गिक हिंसा विरु ...

लहान, मंसिर २३ । ३४ औं ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा भगवानपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१