पोखरियाका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भ्रष्टाचार सँगै रासलिलालाई प्रश्रय दिदै

  • बैशाख १८, २०८१
  • ६४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज १८  बैशाख। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र लेखा प्रमुख मदिन्प महतोको रासलिला काण्डले व्यापक चर्चा पाएको जानकारहरु बताउंदछन् । नगरपालिकाको बजेटलाई दुहुनो गाई बनाएका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भ्रष्टाचारको रकमबाट मात्तिएर लुटतंन्त्र मच्चाउदै रासलिला काण्डलाई प्रश्रय दिईरहेका योजना फाँटमा कार्यरत्त एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । कमिशन बिना काम अगाडि बढाउन नजानेका अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भौतिक पूर्वाधार सम्बन्धि कार्यमा २० प्रतिशत र सामाजिक विकास कार्यमा न्युन्तम ३० प्रतिशत देखि लिएर ५० प्रतिशत सम्म कमिशन असुल्ने गरेको ती कर्मचारीको भनाई रहेको छ ।

कार्यालयमा काम लाग्ने टेबल, कुर्सी, दराज लगायतका जिन्सी सामानहरु हुँदा–हुँदै पनि कमिशनको चक्करमा नयाँ सामान किन्ने र लाखौं लाखको सामानै नल्याईकन अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोले भुक्तानी गरी भ्रष्टाचार गर्ने गरेको समाचार स्रोतले जनाएको छ । सामाजिक कार्यको कैयौं नक्कली फाईलहरु खडा गरी भुक्तानी भएका सो नगरपालिकामा हाल भईरहेको शिव महापुराण कथा ज्ञान महायज्ञमा पनि आवश्यक्ता भन्दा बढी खर्च देखाई अधिकृत श्रीवास्तवले भ्रष्टाचारको तानाबाना बुन्दै आईरहेको ती स्रोतको कथन रहेको छ । सामाजिक हिसाबले धार्मिक कार्य गर्नु, गराउनु राम्रो कार्य भए पनि अनावश्यक खर्च देखाई भ्रष्टाचारको तानाबाना बुन्नु राम्रो नरहेको पोखरियावासीहरु बताउंदछन् ।

भ्रष्टाचारको कामाईबाट लेखा प्रमुख महतोले क्रेटा गाडी खरिद गरी सोही गाडीमा पार्टनरहरु राखी घुम्दै घुमाउदै मौजमस्ती गरिराखेका छन् भने अधिकृत श्रीवास्तवले सरकारी गाडीमा घुम्दै घुमाउदै मौज मस्ती गरिराखेको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको अव्यवहारिक कार्यशैलीका कारण पोखरिया नगरपालिका हरेक हिसाबले बदनाम हुदै गए पनि मेयर प्रद्युमन चौहान, उप–मेयर रुबी ठाकुर लगायतका जनप्रतिनिधिहरुले जनताप्रति जिम्मेवार नहुँदा पोखरियावासीहरु दाँतले औला टोक्न बाध्य भएका छन् ।

नेपाल स्वास्थ्य हेल्थ ईन्सपेकसन समुह ७ औं तहका अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिका, तनहुबाट काजमा पोखरिया नगरपालिकामा आउँदा २०७९÷६÷२४ गते हाजिर हुनु पर्नेमा उनी २०७९÷१०÷१४ गतेका दिन हाजिर भएका थिए । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)को (छ) मा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा वर्खास्त गर्ने व्यवस्था भएता पनि भ्रष्ट अधिकृत श्रीवास्तवले लगातार करिब ११० दिन अनुपस्थित रहेको सन्दर्भमा कारवाही गरी पाउँ भनि राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाडौंमा उजुरी परेको छ ।

सो उजुरी सन्दर्भमा केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेखि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन पत्रचार गरेको छ । भ्रष्ट अधिकृत श्रीवास्तवले आफुलाई बच्नको निमित्त कार्यालयको हाजिरी रजिष्टरमा रातो कलमले घर विदा लेखेको स्रोतले जनाएको छ । तर उनको घर बिदा कस्ले स्वीकृत गरेका हुन ? सो खुलाएका छैनन् । अधिकृत श्रीवास्तवले प्रशासनका अधिकारीहरुलाई रिझाउन भरमग्दुर प्रयासरत्त रहेको समाचार स्रोतको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा नागरि ...

उमेश कुमार साह सप्तरी जेष्ठ ०८ । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापन ...

बाबा प्रेम दासको समा ...

रहमुल लहान ८ जेठ । सिरहाको लहान न.पा.१४ पिडरबोनीको बाबा प्रेम दासको ३ दिन अगाडी प्रसारण भएको समाचार ...

कृष्णनगरमा जेष्ठ नाग ...

कपिलवस्तु, जेष्ठ ८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नागरिक स्वास्थ्य प्रवर्धन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१