Siraha Times
ताजा समाचार

नवलपरासीमा धमाधम प्रहरीले समात्दै अबैध समान

  • वैशाख १५, २०८१
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासीमा धमाधम प्रहरीले ७ लाख ५५ हजार ४१ रुपया बराबरको बिभिन्न अबैध सामानहरु नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बिभिन्न सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको छ ।  बिहिवार रामग्राम नगरपालिका वडा नं. १५ सुक्रौली स्थित सु ४ प ५०९३ नं. को मोटरसाईकलमा आर्मेक्स मार्फत अनलाईन सामान डेलिभरीको बहानामा ल्याउदै गरेको विभिन्न प्रकारका कस्मेटिक सामानहरु अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीटोलीले नियन्त्रणमा लिएको हो।

यता प्रतापपुर गाउँपालिका वडा नं. ३ अमहवा स्थित भित्रीबाटोमा अवैध रुपमा ल्याउदै गरेको विभिन्न प्रकारका कस्सेंटिक सामानहरु तथा हेण्ह व्यागहरु ईलाका प्रहरी कार्यालय सेमरी का इन्चार्ज संजय यादवको टिम खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा र खुद्रा किराना सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१