Siraha Times
ताजा समाचार

सिरहामा तस्कर राज : 'हाकिम'को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा

  • चैत २७, २०८०
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो । एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै थियो । ती मोटरसाइकलमा अन्दाजी १० लाख बराबरको कपडा, जुत्ता, चप्प्ल, औषधि, चुडी, लहठीलगायतका सामान थिए ।

जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । यद्यपि, यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सामान पक्राउ परेको बताएपनि विस्तृत विवरण दिन चाहेनन् । तस्करीका यी अवैध सामानहरू भन्सार बुझाउनुपर्नेमा अझै जिल्ला प्रहरी कार्यालय परिसरमै छ । श्रोतका अनुसार, यो कुरा गोप्य राखेर सामान छोड्न लागिएको थियो । तर, सञ्चारकर्मीले थाहा पाएपछि प्रहरीले बुझाउने तयारी गरेको छ । आज शनिबार भएर बुझाउन ढिला भएको डीएसपी सापकोटाले बताए ।

सामान नियन्त्रणमा लिने असईको सरुवा सामान पक्राउ परेको स्थान भारतीय सीमाभन्दा अन्दाजी २० किलोमिटर पर हो । सीमादेखि नै चोक-चोकमा सुरक्षा निकायका कर्मचारी खटिएका हुन्छन् । तर, यसका बाबजुद यसरी निर्वाध सामान तस्करी भएर आउनुले यसमा मिलेमतोलाई प्रष्ट्याउँछ । श्रोतका अनुसार, सो मिलेमतोको कुरा असई यादवलाई थाहा थिएन । तस्करीका सामान नियन्त्रण लिएर लगेपछि उनको आजै सुरुवा गरिएको छ । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा छ । उनी यहाँ काजमा कार्यरत थिए । तर, यो सामान पक्राउ गरेपछि सरुवा भएको भन्ने कुरा डीएसपी सापकोटाले इन्कार गरे । उनले भने, 'त्यस्तो केही पनि होइन, यो नियमित प्रक्रिया हो ।'

 

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१