ताजा समाचार

सिरहामा तस्कर राज : 'हाकिम'को आदेश विपरीत तस्करीका सामान नियन्त्रणमा लिने असईको सरुवा

  • चैत २७, २०८०
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा । सिरहाबाट दश लाख बराबरको तस्करीका अवैध सरसामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे नै प्रहरीले सो सामान नियन्त्रणमा लिएको हो । एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै थियो । ती मोटरसाइकलमा अन्दाजी १० लाख बराबरको कपडा, जुत्ता, चप्प्ल, औषधि, चुडी, लहठीलगायतका सामान थिए ।

जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । यद्यपि, यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सामान पक्राउ परेको बताएपनि विस्तृत विवरण दिन चाहेनन् । तस्करीका यी अवैध सामानहरू भन्सार बुझाउनुपर्नेमा अझै जिल्ला प्रहरी कार्यालय परिसरमै छ । श्रोतका अनुसार, यो कुरा गोप्य राखेर सामान छोड्न लागिएको थियो । तर, सञ्चारकर्मीले थाहा पाएपछि प्रहरीले बुझाउने तयारी गरेको छ । आज शनिबार भएर बुझाउन ढिला भएको डीएसपी सापकोटाले बताए ।

सामान नियन्त्रणमा लिने असईको सरुवा सामान पक्राउ परेको स्थान भारतीय सीमाभन्दा अन्दाजी २० किलोमिटर पर हो । सीमादेखि नै चोक-चोकमा सुरक्षा निकायका कर्मचारी खटिएका हुन्छन् । तर, यसका बाबजुद यसरी निर्वाध सामान तस्करी भएर आउनुले यसमा मिलेमतोलाई प्रष्ट्याउँछ । श्रोतका अनुसार, सो मिलेमतोको कुरा असई यादवलाई थाहा थिएन । तस्करीका सामान नियन्त्रण लिएर लगेपछि उनको आजै सुरुवा गरिएको छ । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय, उदयपुरमा छ । उनी यहाँ काजमा कार्यरत थिए । तर, यो सामान पक्राउ गरेपछि सरुवा भएको भन्ने कुरा डीएसपी सापकोटाले इन्कार गरे । उनले भने, 'त्यस्तो केही पनि होइन, यो नियमित प्रक्रिया हो ।'

 

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤