Siraha Times
ताजा समाचार

सिरहामा नक्कली परीक्षार्थीहरु प्रश्नपत्रको गोपनियता भंग गर्ने लगायत परीक्षाको मर्यादा विपरीत कार्य गर्ने व्यक्तिहरु पक्राउ

  • चैत १६, २०८०
  • ११७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र १६ । जिल्ला सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि.रामपुरबिर्ताको S.E.E. परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिईरहेको जन सेवा मा.बि.कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ E ) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिईरहेको नक्कली परीक्षार्थी जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष १६ को अर्जुन महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

त्यस्तै जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ स्थितमा रहेको श्री जनता मा.बि. झिझौल कजरा S.E.E. परीक्षा केन्द्रमा वडा नं. २ बस्ने अन्दाजी बर्ष १५ को बिकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरी रहेको अवस्थामा प्रहरी चौकी जानकीनगरबाट सुरक्षामा खटिएका प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय महेशपुरपतारीबाट थप अनुसन्धान कार्य भईरहेको छ । 

त्यसै गरि S.E.E. को नेपाली विषयको परीक्षा शान्तिपुर्ण वातावरणमा संचालन भईरहेको अवस्थामा सिरहा जिल्लाको विभिन्न परीक्षा केन्द्रहरुबाट परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गर्ने १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिनुका साथै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको S.E.E. परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १२१ (एक सय एक्काइस) थान मोबाईल नियन्त्रणमा लिई अन्य २ जना परीक्षा निरीक्षकहरु समेतलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१