Siraha Times
ताजा समाचार

पोखरिया नगरपालिका र अस्पतालमा अवैधानिक नियुक्ती धमाधम हुँदै, नियमनकारी निकाय मौन !

  • चैत ८, २०८०
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ८ चैत्र। होली पर्व नजिकिदै गर्दा पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले कमिशनको मामिलामा आतंक नै मच्चाएको समाचार प्राप्त हुन आएको छ । भ्रष्ट अधिकृत श्रीवास्तवले निर्माण व्यवसायी, सप्लायर्स र एनजिओका केही व्यक्तिहरुलाई फोन गर्दै होली आईसक्यो, यति दिनुस, उति दिनुस, नगरपालिकाको काम तपाई नै पाउनु हुन्छ भन्दै आश्वासन दिदै असुली आतंक नै मच्चाएको एक निर्माण व्यवसायीले यस अनलाईनलाई नाम नछाप्ने शर्तमा बताए । कमिशनको मामिलामा घिनाईसकेका अधिकृत श्रीवास्तवले सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुर बीच तनाव बढाउदै मेयरको सहयोगमा आफ्नो रोटी सेक्दै निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाई रहेको छ ।

पोखरिया नगरपालिका अधिकृत श्रीवास्तवको कारण बदनाम हुँदै गए पनि मेयर चौहान चुप्पी साधेर बस्नुले उनलाई पोखरियावासीहरुले राम्रो भनेर जिताए पनि हालको परिस्थितिमा “नराम्रो मेयर” भन्दै दाँतले औला टोक्न बाध्य भएका छन् । अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्रीलाई भेटी चढाउदै आफ्नो म्याद आगामी अषाढ मसान्तसम्म थप गराएका छन् । भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब दुई महिना अगाडि नगरपालिकामा बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकामा कम्प्यूटर अपरेटर र सुपरवाईजरको पद रिक्त नभए पनि मधु पाण्डे, अमित चौहान, संदिप साह गोढ, सरोज चौहान लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई अधिकृत श्रीवास्तवले नियुक्ती दिएको स्रोतको कथन रहेको छ ।

२ जना कर्मचारी मेयर चौहानको नजिकको रहेकोले सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी रहेको छ । बिना सूचनाको भर्ना भएका कर्मचारीहरु नेपाल सरकारको चौथो तहको तलब सुविधा खाने स्रोतको भनाई रहेको छ । यति मात्र होईन, पोेखरिया अस्पताल पर्साका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजु दास तात्वा सँग अधिकृत श्रीवास्तवले मिलोमतो गरी बिना सूचनाको करिब ५ दर्जन कर्मचारीहरु नियुक्त गरेको अस्पताल स्रोतको भनाई रहेको छ ।

प्रत्येक कर्मचारी सँग कम्तिमा २ लाख र बढीमा ४ लाख सम्म अधिकृत श्रीवास्तव र मेसु तात्वाले करोडौं रकम असुली केही कर्मचारीहरुलाई अस्पतालमा खटाए पनि केहीलाई नखटाउँदा सो अस्पतालमा बवाल नै हुने स्थिती देखिएको स्रोतले जनाएको छ । कम्बल ओढेर घ्यु खादै आएका अधिकृत श्रीवास्तव र मेसु तात्वाको अनियमित्ता सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदाँ पोखरियावासीहरु आजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१