भदिया बिशनपुरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु सहित घर पुर्ण रुपमा जलेर नस्ट

  • फागुन २९, २०८०
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ फाल्गुन ।  लहान नगरपालिका १८ भदिया बिसनपुरको एक घरमा आगलागी हुँदा घर सहित बृद्धको जलेर मृत्यु भएको छ  बालुवा सिमेन्टले बनेको घरको खम्बा  दुई तले  टिनले छाएको फुसको घर टहरा पुर्ण रुपले जलेर नस्ट भएका छन भने घर भित्र सुतिरहेको  रहेका ९० बर्षिय बृद्ध मन्जित महतो समेत जलेर खरानी भएका छन । घटना स्थलको दृश्य हेर्दा शंकास्पद रहेको पाइएको छ हुन् त मधेशमा आगलागी हुने कुरा कुनै नौलो होइन तर पनि यसरि आगलागी हुनु शंकास्पद नै रहेको स्थानीय बताउछ ।

घटनाको खवर प्राप्त भएपछि जिल्ला समन्वय समिति सिरहाका सभापति  दिनेश महतो, लहान न.पा. उप-मेयर रामचलितर महतो र वाडा अध्यक्ष सम्सेर मियाको सन्युक्त टोली उक्त घटना सम्बन्धि थप जानकारी लिन घटना स्थल पुगेको थियो। घटनाको प्रवृत्ति हेर्दा अचम्मको घटना घटेको टोलीको निष्कर्ष रहेको छ। उक्त घरमा आइतवार राती करिव १२ बजे भएको आगलागीमा परेर एक जना  ९० बर्ष बृद्धको जलेर मृत्यु भएको छ भने जलेको शब इलाका प्रहरी कार्यालयको रोहवरमा चेकजाँचका लागि लागेको भदैया स्थित एक जनाले जनाए । मृतक  महतोको स्याहार गर्ने कान्छो छोरो रामसेवक भनिने बिधानन्द महतोले गरीरहेको थियो तर बिधानन्द बिगत २ बर्ष देखि सोहि न.पा.२४ पिडरबोनीमा आफना जहान सहित बस्दै आइरहेका छन ।

समय समयमा उक्त घरमा खानापानी लिएर आउने जाने गर्थे  बिधानन्द घटना घटेको दिन उक्त घरबाट साँझ ८ बजे नै बुढोलाई खाना खुवाएर पीडरबोनी गएका थिए । तर १४ बर्ष अगाडी बितेका जेठो छोराको जहान छिमेकीको रुपमा बस्दै आइरहेको गाउँलेहरुले बताएका छन। यस घटनामा अचम्मको बिषय के हो भने दुई तल्ले घरको माथी जस्ताले छाएको खम्बा सिमेन्ट बालुवा रडको र घरको पर्खाल खर बासको टाटीमा माटोले पोतेको थियो अनि उक्त घरमा आगो कसरी सल्केको हो? निकै रहस्यमय प्रश्नहरु उब्जिएका छ्न। यस घटना प्रति प्रहरीको सुक्ष्म अनुसन्धान होस आमनागरिकको माग रहेको बुझिएको।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१