Siraha Times
ताजा समाचार

सिरहाको मिर्चैयाबाट अबैध काठ बरामद

  • फागुन २८, २०८०
  • १०८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फाल्गुन २८ । डि एफ ओ सिरहाको नियमित एक्सन सिरहाको मिर्चैया न पा - ९ पुलिसपट्टाको चुरे वनक्षेत्रवाट राति करिब १२:३० मा जिल्ला वनक्षेत्र समन्वय समिति, सिरहाको अध्यक्ष तथा सिरहा जि स स प्रमुख आदरणीय दिनेश कुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय , सिरहा, लहानकोगस्ती टोलीले मिर्चैया न पा - ९ पुलिसपट्टाको चुरे वनक्षेत्रवाट अबैध रुपमा ल्याइएको बेवारिस अबस्थामा रहेको विभिन्न नाप साइजको साल र खयर प्रजातीको ९ थान ब्ल्लाबल्ली काठ बरामद गरेको छ ।

वनक्षेत्र अतिक्रमण नियन्त्रण , वन , वातावरण तथा चुरे संरक्षणमा सबै सरोकारवालाले सहयोग गरौं भन्ने नाराकासाथ निरन्तर खटिरहने झाले गोप्य सूचनाको आधारमा गस्तीमा खट्टीनु भएका जिसस सिरहा प्रमुखज्यू , डिभिजन वन कार्यालयका वन अधिकृत राधेश्याम चौधरी , ए एफ जी जमदार सम्मतलाल चौधरी , जमदार बिहारी यादव , चौहर्वा कमान्डर जमदार योगेन्द्र यादव , सिपाही प्रमोद यादव , हलुका सवारी चालक शिव नारायण मण्डल लगायत सहितका टोलिले उक्त काठहरु बरामद गरेको डि एफ ओ सुजित कुमार झाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१