सिरहा प्रहरीमा पीडित चौधरीको धर्ना, मिटरब्याजीलाई चोरबाटो उन्मुक्ती

  • फाल्गुन २५, २०८०
  • १४५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान,२५ फागुन । पटक पटक छलफल गरिएपनि सिरहा प्रहरीको कमजोरीले मिटरब्याज पीडित सबुरीदेवी चौधरीले न्याय नपाएपछि उनकी छोरी धर्नामा बसेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि फागुन २४ गते साँझबाट न्यायको लागि धर्नामा बसेका छन् । उनकी छोरी सुलेखा चौधरीसहित आधा दर्जन महिला मिटरब्याज पीडितहरु धर्नामा बसेको मिटरव्याज पीडित संघर्ष समितिका श्यामकुमारी चौधरीले बताइन् ।

यसअघि उनीहरु ईलाका प्रहरी कार्यालय लहान अगाडि धर्नामा बसेका थिए । त्यहाँबाट फागुन २३ गते राती मिटरब्याजी उमेश साहलाई नियन्त्रण लिएर छलफलबाट न्याय दिलाउँने भन्दै धर्नाबाट उनीहरुलाई एक समूहले उठाएर लगेका थिए । आज जिल्ला प्रहरीमा छलफलमा निर्णय वेगर मिटरब्याजी उमेशलाई साँझमा चोरबाटो रिहा गरेपछि पीडित थप आक्रोशित भएर धर्नामा बसेको स्रोतको दावी छ । जिल्ला प्रहरीको कम्पाउण्डभित्र स्र्कोपियो छिराएर उमेशलाई प्रहरीले उम्काएको पीडितपक्षले बताए ।

पीडित सुलेखाले ‘न्याय नपाउँन्जेल प्रहरीकै अगाडि बस्ने मर्ने ’ ‘नेता र मन्त्रीको दवावमा उमेशलाई छाडेको हो ।’ ‘कानुनी राज्यमा पीडितले कहिलेसम्म दुख पाउँने हो ?’ उता, एसपी सन्तोष अर्चायले ‘ केही भन्न सकिदैन, म कार्यक्रममा छु ।’ ‘पछि कुरा गरौला ।’ भन्दै फोन काट्नु भयो । प्रहरी स्रोतका अनुसार छलफलको लागि पूनः मंगलवारको समय तोकिएको छ ।

यस अघि आफ्नो घर फिर्ता गर्न जाँदा साहुपक्षले लहानमा कुटपिट गरी पाँच जनालाई घाईते बनाएको थियो । पीडितपक्षका सुरेखा चौधरी, लहान ३ की पार्वती महतो, लक्ष्मीपुर पतारी २ का श्रीप्रसाद सिँह, लहान ११ की रामकुमारी साह, सिरहा हकपडाकी पुनिता यादवलाई मरनासन कुटपिट गरेको छ । कुटपिट गर्ने उमेश साह, लिलम साहलगायत ६—७ जनाको समूहले धारिलो हतियार प्रयोग गरी कुटपिट टाउँको फुटाएको छ ।

मिटरब्याजी उमेश साहसँग सबुरीदेवी चौधरीले २०७३ असोज १२ गते २६ लाख रुपैयाँ ब्याजमा लिएका थिए । ऋण वापत चौधरीले साढे १० धुरमा निर्माण भएको घरसहित नामसारी गरि दिएका थिए । करिब ६ महिनापछि चौधरीले ऋण ब्याज चुक्ता गर्न जाँदा उमेशले यो घरजग्गा किनेको हुँ भन्दै फर्काएका थिए । सो घर जग्गा फिर्ता लिन जाँदा फागुन २२ गते झडप भएको हो । झडपमा पीडितपक्षका ६ जना गम्भिर घाईते भएको छ भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका थिए । पीडितपक्षले ज्यान मार्ने उद्योग मुद्दाको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिँदा दर्ता नगरेको गुनासो छ । उता, पीडितपक्षले मुद्दा दर्ता गरी घरजग्गा फिर्ता दिलाउँन माग गर्दै ईलाका प्रहरी कार्यालय लहानमा धर्नामा बसेका थिए । लहान प्रहरी छलफल समेत गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

मारुती सिमेन्टले कब् ...

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१