Siraha Times
ताजा समाचार

नवलपरासीमा करिब ४० लाख बराबरको अवैध चिनी र केराउ पक्राउ

  • फागुन २२, २०८०
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी / नवलपरासी नवलपरासीमा करिब ४० लाख बराबरको अबैध चिनी र केराउ सशस्त्र प्रहरीले छापा मारेको छ। सोमवार सुस्ता गाउँपालिका वडा नं. १ बरुवा स्थित गोदाममा भारतबाट अबैधरुपमा ल्याई ठुलो मात्रामा चिनी केराउ लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

स्थानिय ग्यानु अर्यालको धर पछाडी अबैध गोदाम बाट करिब १८ सय बोरा चिनी र केराउ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको उपरिक्षक प्रकाश वाग्लेले बताए । नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्तीटोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन समेत दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१